सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

विभाजन भएको चार वर्षपछि गैरआवासीय नेपाली संघको एकता घोषणा

विभाजन भएको चार वर्षपछि गैरआवासीय नेपाली संघको एकता घोषणा

 

मंसिर १४ काठमाडौं । गैरआवासी नेपाली संघ (एनआरएनए) को विभाजन भएको चार वर्षपछि वृहत एकता घोषणा गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आईतवार दुई कमिटीबीच संघको एकता घोषणा गरिएको हो ।

विभाजित संघमा अध्यक्षद्वय डा बद्री केसी र महेश श्रेष्ठले एकताको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । १० औँ महाधिवेशनबाट सुरु भएको सदस्यतासम्बन्धी विवादले संघ विभाजनमा पुगेको थियो ।

१२ औँ महाविधेशन गर्नको लागी अध्यक्ष केसी र श्रेष्ठ रहेको स्टेयरिङ कमिटी गठन गर्ने,  १० औँ र ११ औँ महाधिवेशनमा निर्वाचित भएका दुबैतिरका समितिलाई मान्यता दिने,अदालतमा दुवै पक्षले गरेका मुद्दामामिला फिर्ता गर्ने, सदस्यता वितरणको लागी समय थप गर्ने लगायत बिषयमा सहमति भएको  बताइएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend