सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

  प्रधानमन्त्री सुशीला कार्कीद्वारा आज दिउँसो सर्वदलीय बैठक

  प्रधानमन्त्री सुशीला कार्कीद्वारा आज दिउँसो सर्वदलीय बैठक

 

३  मंसिर, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले गरेका काम, निर्णय तथा हालको राजनीतिक अवस्था बारे दलहरूलाई जानकारी गराउने उद्देश्यले आज सर्वदलीय बैठक बोलाएकी छिन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।

सचिवालयले दिएको जानकारीअनुसार निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दललाई बैठकमा सहभागी हुन आमन्त्रण गरिएको छ। बैठकमा सरकारको हालसम्मको काम–कारबाही, आगामी योजना तथा राजनीतिक समन्वयका विषयमा विस्तृत रूपमा जानकारी गराइनेछ।

प्रधानमन्त्री कार्कीले राजनीतिक सहकार्य र पारदर्शिता सुनिश्चित गर्न नियमित संवाद आवश्यक रहेको भन्दै दलहरूसँग प्रत्यक्ष छलफल गर्ने तयारी गरेको बताइएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend