सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको अध्यक्षमा अनुप नेपाल निर्वाचित

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको अध्यक्षमा अनुप नेपाल निर्वाचित

 

२३ कार्तिक, काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को अध्यक्षमा अनुप नेपाल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा नेपालले ९२६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बद्रीकुमार गुरागाईँले ८५८ मत मात्रै प्राप्त गरे ।

यस्तै, उपाध्यक्षमा अनिल लामिछाने निर्वाचित भएका छन् । उनले ८६७ मत पाउँदा उनका प्रतिस्पर्धीहरु राजु ढकालले ६२९ र लोकेन्द्र ऐरले २७६ मत पाए ।

महासचिवमा प्रदीप आर्याल निर्वाचित भएका छन् । अर्याल ९०३ मत पाएर निर्वाचित हुँदा अर्का प्रतिस्पर्धी सुनिल बुढाथोकीले ८७८ मत मात्रै पाएका छन् ।

कोषाध्यक्षमा सविन कार्की यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । सदस्यहरुमा अञ्जली साउद, रिजिता श्रेष्ठ, गुरुप्रसाद पोखरेल र मिथिलेशप्रसाद चौधरी विजयी भएका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend