सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पोखरा स्टील फेब्रिकेटर्श एसोसियसनको अधिवेशनले बसन्त रेग्मीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

पोखरा स्टील फेब्रिकेटर्श एसोसियसनको अधिवेशनले बसन्त रेग्मीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

२३ कार्तिक,काठमाडौं । पोखरा स्टील फेब्रिकेटर्श एसोसियसनको २५ ओैं बार्षिक साधरण सभा एवं १६ अधिवेशन भव्यताको साथ सम्पन्न भएको छ । अधिवेशनले बसन्त रेग्मीको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ । अधिवेशनबाट एसोसिएसनको बरिष्ठ उपाध्यक्षमा विष्णु कुमारी आचार्य बास्तोला, उपाध्यक्ष भिम प्रसाद आचार्य, महासचिव शालिकराम बास्तोला, सचिवमा नुर बहादुर विश्वकर्मा ,कोषाध्यक्षमा शिव गिरी सहकोषाध्यक्षमा तारा बुढाथोकी ,सदस्यहरुमा गोकुल विसी, ख्याम परियार, करण अधिकारी, पदम पाण्डे, दिपेश रानाभाट, शालिकराम बराल निर्वाचित हुनु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व मन्त्री हरि प्रसाद पाण्डे , विशिष्ठ अतिथि ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष ठुलोवावु श्रेष्ठ, उद्योग परिंसंघ गण्डकी प्रदेश अध्यक्ष धर्मराज वर्तौला, पोखरा उद्योग वाणिज्य संधका वरिष्ठ उपाध्यक्ष उत्तममान वुद्दाचार्य रहनु भएको थियो ।
कार्यक्रमको अतिथीहरुमा ग्रील तथा स्टील व्यवसायी संघ काठमान्डौ जिल्ला अध्यक्ष सुनिल कुमार अमात्य, मकवानपुर जिल्ला अध्यक्ष रमेश प्रसाई, पाल्पा जिल्ला अध्यक्ष, चितवन उपाअध्यक्ष लगायत विभिन्न वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिहरु,राष्टिृय समचार समिति पोखराका प्रमुख वासुदेव पौडेल लगायत पत्रकारहरु,एशोसिएसनका पुर्व अध्यक्ष तथा सल्लाहकारहरु मानार्थ सदस्यहरु रहनु भएको थियो ।

अधिवेशन संगै ग्रील तथा स्टील व्यवसायी महासंघको गण्डकी प्रदेश समिति ठगन प्रकृया समेत अगाडी बढाईएको छ । प्रदेश भेला आयोजना गरि प्रदेश समिति निर्माण गर्ने उदेश्य सहित हाल तदर्थ समिति गठन गरिएको महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले जानकारी गराउनु भयो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend