सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

उद्योग वाणिज्य महासंघले आज ‘राष्ट्रिय बृहत आर्थिक बहस’ को आयोजना गर्ने

उद्योग वाणिज्य महासंघले आज ‘राष्ट्रिय बृहत आर्थिक बहस’ को आयोजना गर्ने

 

२२ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) ले आज शनिबार राजधानी काठमाडौंमा ‘राष्ट्रिय बृहत आर्थिक बहस’ कार्यक्रम आयोजना गर्ने भएको छ । जेनजी आन्दोलनपछि देशको समग्र आर्थिक अवस्था, लगानी वातावरण र आगामी आर्थिक नीतिको कार्यदिशाबारे साझा धारणा बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महासंघले जनाएको छ ।

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की मुख्य अतिथिको रुपमा उपस्थित रहनेछिन् भने अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, गृह मन्त्री ओमप्रकाश अर्याल र उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हाको पनि सहभागिता रहनेछ ।

यससँगै मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालयका सचिवहरू, काठमाडौंस्थित विदेशी दूतावासका राजदूतहरू, विकास साझेदार, अन्तर्राष्ट्रिय नियोगका प्रमुखहरू, निजी क्षेत्रका संस्थानका पदाधिकारीहरू र उद्योगी–व्यवसायीहरू समेत कार्यक्रमका सहभागी रहने महासंघले जनाएको छ ।

महासंघका अनुसार देशको आर्थिक स्थायित्व, उत्पादन वृद्धि, लगानी प्रोत्साहन, रोजगारी सिर्जना र राज्य–निजी क्षेत्रबीचको सहकार्य सुदृढ गर्न यस बहसले महत्वपूर्ण दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले यसअघि सन् २०८० सालमा पनि ‘राष्ट्रिय बृहत आर्थिक बहस’ पहिलो श्रृंखला आयोजना गरेको थियो । यसपटकको दोस्रो श्रृंखलालाई जेनजी आन्दोलनपछि उत्पन्न आर्थिक चुनौती र सुधारका सम्भावित उपायहरूमा केन्द्रित गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend