२१ कार्तिक,काठमाडौं । नेकपा (एमाले) की नेतृ उषाकला राईले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति समर्थन व्यक्त गर्दै उनलाई राष्ट्रका लागि अपरिहार्य नेता भएको टिप्पणी गरेकी छिन्।
राईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै ओलीलाई राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, राष्ट्रिय स्वाधीनता र स्वाभिमानप्रति दृढ अडान भएका नेता भन्दै प्रशंसा गरेकी छन्। उनले लेखेकी छन्, “राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा प्रतिबद्ध चट्टानी अडान भएका देशको विकास र समृद्धिमा दूरदृष्टि भएका विकासवादी तथा राष्ट्रवादी नेता केपी ओली नै हुन्।”
उनका अनुसार कैयौँ विमति र आलोचनाका बाबजुद पनि ओलीको योगदान र सोचलाई अस्वीकार गर्न नसकिने सत्य हो। उनले थपेकी छन्, “यस्तो नेता नेकपा एमालेले पाउनु गौरवको विषय हो। यही मान्यता र विश्वासको आधारमा फेरि पनि एमालेको लागि मात्र होइन, देशकै लागि चाहिने नेता केपी ओली नै हुन्। यसमा सबैले मनन गरौं।”
राईको यो अभिव्यक्तिलाई पार्टीभित्र र सामाजिक सञ्जालमा व्यापक चर्चा गरिएको छ। हालै राजनीतिक परिदृश्यमा देखिएको अस्थिरता र नेताहरूबीचको आरोप–प्रत्यारोपका बीच उनले दिएको यो सन्देशले ओली नेतृत्वप्रति पुनः विश्वासको संकेत दिएको राजनीतिक विश्लेषकहरूको मत छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend