सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

 

१५ कार्तिक, काठमाडौँ । नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) ले नेपालमै पहिलो पटक ‘कोरियन एजुकेसन फेयर’ आयोजना गर्न लागेको छ। दक्षिण कोरियामा उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि प्रत्यक्ष जानकारी र अवसर प्रदान गर्ने उद्देश्यसहित मेला आगामी नोभेम्बर ८ गते नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।

बागबजारमा आयोजित पत्रकार सम्मेलनमा नेक्साका अध्यक्ष सन्तोष खनालले कोरियन विश्वविद्यालयहरूका प्रतिनिधि सहभागी हुने फेयरले विद्यार्थीलाई अध्ययन कार्यक्रम, शुल्क, छात्रवृत्ति र रोजगार अवसरबारे प्रत्यक्ष जानकारी दिने बताए।

चार कोरियाली विश्वविद्यालय — Daewon University College, Yewon Arts University, Dong-Eui University र Namseoul University — का प्रतिनिधिहरू मेलामा उपस्थित रहनेछन्। करिब ४० शैक्षिक परामर्श संस्था सहभागी हुने फेयरमा विद्यार्थीहरूले ‘अन स्पट एडमिसन’ र छात्रवृत्तिको अवसर पनि पाउनेछन्।

अध्यक्ष खनालका अनुसार, यस कार्यक्रमले शैक्षिक परामर्श क्षेत्रमा पारदर्शिता र विश्वसनीयता बढाउन मद्दत गर्नेछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend