काभ्रे १७ कात्तिक । जिल्ला कृषि सहकारी संघ काभ्रेको चौथो साधारणसभा बाट अध्यक्षमा सुमन नेपाल बिजय भएका छन् । नवनिर्वाचित अध्यक्ष नेपाल पत्रकार एबम कुशल सहकारी अभियान्ता एबम् चण्डेनी मण्डन साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष समेत हुन् ।
पत्रकारिता संगै, सहकारी क्षेत्रमा लागेका नेपाल केन्द्र देखी जिल्ला सम्म राजनीतिमा पहुँच भएका सालिन व्यक्तित्वका रुपमा चिनिन्छन् । साथै राजनीतिमा पनि सक्रिय हँुदै आएका नवनिर्वाचित अध्यक्ष नेपाललाई राम्रो भविष्य भएका आशालाग्दा यूवा नेताको रुपमा लिने गरिन्छ ।
यस्तै साधारणसभा बाट उपाध्यक्षमा सनतनु केसी, सचिवमा राम राजथिङ,कोषाध्यक्षमा जमुना लामा, र सदस्यमा सीता दङ्गाल, लेखासमिती संयोजकमा कृष्ण हरि कोइराला, सदस्यमा बिमलाकुमारी थापा र कल्याण कुमार रायमाझी निर्वाचित भएका छन् । अधिकांस कार्यसमिति सानाकिसान कृषि सहकारी काभ्रेका संचालक छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend