सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

निजी मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता गर्न अझै आनाकानी

निजी मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता गर्न अझै आनाकानी

काठमाडौं १७ कात्तिक । निजी मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता गर्न अझै आनाकानी गर्दै आएका छन् । सरकारले समेत पटक–पटक बढी लिएको शुल्क फिर्ता गर्न पत्राचार गरे पनि निजी मेडिकल कलेज सञ्चालकले मानेका छैनन् । बरु उल्टै विद्यार्थी भर्ना नगर्ने चेतावनी दिँदै आएका छन् ।

विद्यार्थीका अनुसार देवदह मेडिकल कलेजले ३१ करोड, चितवन मेडिकल कलेजले ६० करोड, विराट मेडिकल कलेजले ४२ करोड र नोबेल मेडिकल कलेजले ६० करोड रुपैयाँ अतिरिक्त शुल्क उठाइसकेका छन् ।

यस्तै, गण्डकी मेडिकल कलेजले ४५ करोड, नेसनल मेडिकल कलेजले ६० करोड, युनिभर्सल मेडिकल कलेजले ४५ करोड, किस्ट मेडिकल कलेजले ४५ करोड, नेपालगन्ज मेडिकल कलेजले ४५ करोड र मणिपाल मेडिकल कलेजले ३० करोड रुपैयाँ अतिरिक्त शुल्क लिएको चिकित्सा शिक्षा संघर्ष समितिले जनाएको छ ।

गण्डकी मेडिकल कलेजको हकमा गत फागुनमै एक महिनाभित्र बढी असुल गरिएको शुल्क फिर्ता गर्ने सहमति भएको थियो । तर, सो सहमति अझै कार्यान्वयनमा नआएको विद्यार्थी अनित सिन्हाले बताए ।

बढी शुल्क लिएको भन्दै कलेज प्रशासनमा विरोधमा उत्रिएका भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका विद्यार्थीमाथि हातपात भएको छ । कलेजले अवैधानिक रूपमा लिएको पैसा फिर्ता माग्दै बिहीबारदेखि विद्यार्थीले सुरु गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको पीडित विद्यार्थीले बताएका छन् ।

आन्दोलनमा सहभागी विद्यार्थीलाई अस्पताल प्रवेशमा समेत रोक लगाइएको थियो । राजधानी दैनिकमा खबर छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend