मंगलबार, कार्तिक ११ २०८३

मंगलबार, कार्तिक ११ २०८३

आज पनि सुनको मूल्य घट्यो

आज पनि सुनको मूल्य घट्यो

११ मंसिर, काठमाडौं । आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य मंगलबार तोलामा २६ सय रुपैयाँ घटेको छ ।

यस दिन सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सरकारले भन्सार दर घटाएपछि सोमबार १५ हजार ९०० रुपैयाँले घटेको सुनको मूल्यमा आज पनि उच्च गिरावट आएको हो ।

चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेर प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend