सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आज सातौँ सामाजिक सुरक्षा दिवस मनाइँदै

आज सातौँ सामाजिक सुरक्षा दिवस मनाइँदै

११ मंसिर, काठमाडौं । आज सातौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको सात वर्ष पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आज सातौँ सामाजिक सुरक्षा दिवस मनाउन लागीएको हो ।

 

विसं २०७५ मङ्सिर ११ गते सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ गरेको थियो । विस २०७५ मङ्सिर ३ गतेको मन्त्रिपरिषद् बैठकले आजको दिनलाई सामाजिक सुरक्षा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ । सरकारले सोही हक कार्यान्वयन गर्न सामाजिक सुरक्षा कोषमार्फत आम नागकिलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने प्रक्रिया अघि बढाइरहेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend