काठमाडौं ।यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले अनुमति दिएका छन्।यसअघि मन्त्रिपरिषदको मंसिर ६ गतेको बैठकले उपनिर्वाचनमा सेना परिचालन गर्ने सिफारिस गरेको थियो।
उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले आइतबार सेना परिचालनको स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
यही मंसिर १६ गते ३३ जिल्लाका रिक्त ४४ पदका लागि उपनिर्वाचन हुँदैछ। स्थानीय तह उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न लागिएको हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend