सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भाटभटेनी सुपरमार्केट र रिन्यु होल्डिङ्सबीच १२.७५ मेवा सौर्य उर्जा उत्पादनको सम्झौता

भाटभटेनी सुपरमार्केट र रिन्यु होल्डिङ्सबीच १२.७५ मेवा सौर्य उर्जा उत्पादनको सम्झौता

८मंसिर , काठमाडौं । नवीकरणीय  उर्जा उत्पादनमा नै सृजनशिल प्रयोगको नमुना हुने गरि भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर र रिन्यु होल्डिङ्स बीच १२.७५० मेगावाट बराबरको सौर्य विद्युत उत्पादन तथा सहकार्य गर्न सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार भाटभटेनीका विभिन्न सुपरमार्केटहरूको छत तथा खाली स्थानहरूलाई उपयोग गरेर रिन्यु होल्डिङ्सले सौर्य विद्युत उत्पादन गर्नेछ।

उक्त समझौतापत्रमा भाटभटेनीको तर्फबाट संचालक साबित्री गुरुङ्ग र रिन्यु होल्डिङ्सको तर्फबाट प्रबंध निर्देशक किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

रिन्यु होल्डिङ्सले सोलार, हाइड्रो लगायतका नेपालको नवीकरणीय ऊर्जाका साथै चार्जिंग स्टेसन र नवीकरणीय ऊर्जासम्बन्धी नवीनतम प्रविधिमा काम गर्ने लक्ष्य लिएको छ । त्यस्तै ,भाटभटेनीले देशभर २७ वटा सुपरमार्केटको स्थापना गरिसकेको छ भने अबको ५ वर्षमा ५१ वटा स्टोर स्थापना गर्ने लक्ष्य लिएको छ।

भाटभटेनी सुपरमार्केटका यी  सबै संरचनामा नवीकरणीय ऊर्जा प्रयोगमा जोड दिइनेछ। यस सम्झौताले नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रको प्रवर्द्धन र दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ भने कार्बन उत्सर्जनलाई पनि कम गर्नेछ। रिन्यु होल्डिङ्स र भाटभटेनी सुपरमार्केट दुवै संस्थाहरूले भविष्यमा पनि आपसी सहकार्य र राष्ट्रिय ऊर्जा लक्ष्यमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend