बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल संवाद

प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल संवाद

८ मंसिर ,काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका खर्बपति व्यवसायी एलन मस्कसँग शुक्रबार साँझ (७ मंसिर ) भर्चुअल संवाद गरेका छन्।

प्रधानमन्त्री ओलीले माइक्रोसफ्ट टिम्समार्फत टेस्ला मोटर्स, स्पेस एक्स तथा  सामाजिक सञ्जाल एक्सका मालिक समेत रहेका मस्कसँग कुराकानी गरेका उनको सचिवालयले जनाएको हो ।

वार्तामा प्रधानमन्त्री ओलीले खर्बपति एलन मस्कमार्फत् नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।त्यस्तै , मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार लिंक सुरु गर्न इच्छा देखाइरहेकाले प्रधानमन्त्रीले त्यही विषयमा कुराकानी गरेका बताइएको छ।

यही ५ नोभेम्बरमा भएको निर्वाचनबाट अमेरिकामा हालै निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई अमेरिकाको डिपार्टमेन्ट अफ गर्भर्मेन्ट एफिसियन्सीमा नियुक्त गर्ने घोषणा गरिसकेका छन् । मस्कले ट्रम्पलाई चुनावी अभियानमा २० करोड अमेरिकी डलर चन्दा दिएको विवरण समेत सार्वजनिक भएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend