सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

नेपाल उद्योग परिसंघले राख्यो कर प्रणाली सुधार गर्न माग

नेपाल उद्योग परिसंघले राख्यो कर प्रणाली सुधार गर्न माग

५ मंसिर, काठमाडौं । नेपाल उद्योग परिसंघले कर प्रणाली सुधार गरी दोस्रो चरणको आर्थिक सुधार गर्नुपर्नेमा माग राखेको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक राम प्रसाद आचार्यसँग राष्ट्रिय कर दिवस २०८१ को अवसर पारेर परिसंघले मङ्गलवार गरेको कार्यक्रममा कार्यवाहक अध्यक्ष वीरेन्द्रराज पाण्डेले कर प्रणालीमा सुधार गरी अगाडि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले करको दायरा नभई दायरा विस्तार गर्नुपर्ने बताउँदै लगानी विस्तार एवं औद्योगिक वातावरण बढाउन नीतिगत स्थायित्व हुनुपर्ने धारणा ब्यक्त गर्नु भयो । परिसंघको उद्योग तथा राजश्व समिति सभापति राहुल अग्रवालले कर सम्बन्धी विषयमा प्रस्तुतीकरण दिँदै कर प्रणालीमा रहेका विभिन्न द्विविधाहरू हटाइनुपर्ने बताउनु भयो ।

निश्चित क्षेत्रलाई व्यवस्थापन तथा नियमन गर्न बनेका निश्चित ऐनहरूले सो क्षेत्रलाई दिने भनेका सुविधा तथा सहुलियतहरू आर्थिक वा कर सम्बन्धी कानुनहरूमा समेत समावेश गरी उद्योग तथा व्यवसाय प्रबद्र्धनलाई सहयोग गरिनुपर्ने, आयातित वस्तुमा लगाउनुपर्ने लेबल भन्सार विन्दु अगावै लगाउनुपर्नेमा परिसंघले जोड दिएको छ । अवैध कारोबारका कारण उद्योगीहरू प्रभावित भएको र त्यसको असर सरकारको राजश्वमा समेत परेको भन्दै अवैध कारोबारलाई नियन्त्रण गर्न प्रभावकारी बनाउन आग्रह गरिएको छ ।

विभागका महानिर्देशक आचार्यले सरकारले कर संकलन गर्ने मात्र नभई लगानी अभिवृद्धि समेत गर्ने बताउनु भयो । उहाँले करको दर नभई दायरा विस्तार गर्ने नीति सरकारले लिएको बताउँदै अवैध कारोबार नियन्त्रणका लागि निजी क्षेत्रले समेत सहयोग गर्नुपर्ने बताउनु भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend