बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सानिमा बैंकको ५% लाभांश पारित; खुद नाफा २.४० अर्ब रुपैया

सानिमा बैंकको ५% लाभांश पारित; खुद नाफा २.४० अर्ब रुपैया

काठमाडौं । सानिमा बैंकको मंगलबार (४ मंसिर ) सम्पन्न २०औं वार्षिक साधारणसभाले बैंकको हाल कायम चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

समीक्षा आर्थिक वर्ष २०८०/८१ मा २.४० अर्ब रुपैयाँ खुद मुनाफा गरेको बैंकको कुल सम्पत्ति २३३.८६ अर्ब रुपैयाँ, कुल निक्षेप १९९.३८ अर्ब रुपैयाँ तथा खुद कर्जा सापटी १६४.९४ अर्ब रुपैयाँ रहेको छ ।

त्यस्तै ,आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको वित्तीय परिसूचकअनुसार बैंकको निष्क्रिय कर्जा १.७२ प्रतिशत, पुँजी कोष १३.२१ प्रतिशत, तरलता २९.२१ प्रतिशत र कर्जा निक्षेप अनुपात ८०.५३ प्रतिशत रहेको छ।

साधारणसभाले आ.व.२०८०/८१ को वासलात, लेखा सुपरिवेक्षण प्रतिवेदन , नाफा नोक्सान हिसाब , नगद प्रवाह विवरण लगायतका वित्तीय प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend