बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नेचुरल बचतमा नयाँ संचालक समितिको चयन; अध्यक्षमा पुनः शिल्पकार

नेचुरल बचतमा नयाँ संचालक समितिको चयन; अध्यक्षमा पुनः शिल्पकार

काठमाडौं ।नेचुरल बचत तथा ऋण सहकारी संस्थाको शनिबार (१ मंसिर ) सम्पन्न भएको १६औं वार्षिक साधारणसभाबाट आगामी चार वर्षको कार्यकालको लागि नयाँ संचालक समिति र लेखा सुपरिवेक्षण समितिको  चयन भएको छ।संचालक समितिको अध्यक्षमा पुनः शर्मिला शिल्पकार निर्वाचित भएकी छिन् ।

नव निर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा विकल्प पाठक, कोषाध्यक्षमा भिम बहादुर गुरुङ निर्वाचित भएका छन् । त्यस्तै सञ्चालकहरुमा पार्वती मानन्धर, गंगाकुमारी अधिकारी र सजनी आर्याय निर्वाचित भएकी छिन् ।

त्यसैगरी पुर्ण बहादुर तामाङको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन भएको छ । समितिका सदस्यहरुमा श्रीधर पाठक र मिना मोक्तान चयन भएकी छिन् । नवनिर्वाचित दुबै समितिलाई निर्वाचन समितिका संयोजक सिताराम राउतले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

साधारणसभामा  बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य प्रभात तामाङ, शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित र गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालको विशेष आतिथ्यता रहेको थियो । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव गोविन्द प्रसाद काफ्ले, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका सञ्चालक हेमबहादुर कार्की, काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष सिमा पुरी लगायतको उपस्थिति  रहेका थियो ।

समीक्षा आर्थिक वर्षमा संस्थाको सेयर पुँजी १६ करोड ५१ लाख, बचत तथा निक्षेप १ अर्ब ७९ करोड ६८ लाख, कर्जा तथा सापटी १ अर्ब ९१ करोड रहेको छ । त्यस्तै कुल आम्दानी ३१ करोड ६८ लाख गरी २८ करोड ७० लाख रुपैयाँ खर्च गरेको छ । संस्थाले २ करोड २३ करोड (कर अघि) नाफा गरेको छ । संस्थाले १ करोड ९० लाख रुपैयाँ राजश्वमा योगदान गरेको छ । आव २०८०८१ मा संस्थाको कुल कारोबार २ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

साधारणसभामा अध्यक्ष शिल्पकारले संस्थामा सुशासन कायम राख्दै वित्तीय अवस्था र सदस्यहरूको आर्थिक, सामाजिक र साँस्कृतिक पक्षको विकासमा  सुरूवाती दिनदेखि नै प्रतिबद्ध रहेको बताईन । वित्तीय कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउनलाई सम्पत्ति सुद्धिकरण निवारण सम्बन्धि जारी ऐन, निर्देशनलाई पूर्ण रूपमा पालना गर्दै आएको उनले  बताईन । ‘विविध प्रतिकुलताका बीचमा पनि हाम्रो लागि सफलताको वर्षको रूपमा रहेको छ’, अध्यक्ष शिल्पकारले भनिन्, ‘नेचुरलको सफलता र साखलाई आगामी वर्षहरूमा कायमै राख्न हाम्रो ध्यान रणनीतिक योजनाका साथ सदस्य सेवा र व्यवसाय वृद्धिमा केन्द्रित हुनेछ ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend