बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

पूर्वसभामुख ढुङ्गानाको निधनमा आज सार्वजनिक बिदा

पूर्वसभामुख ढुङ्गानाको निधनमा आज सार्वजनिक बिदा

३ मंसिर ,काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको हिजो (२ मंसिर ) भएको निधनमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।पूर्वसभामुख ढुंगानाको उपचाररत क्रममा बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा हिजो निधन भएको थियो ।

पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली प्रकट गरे ।ढुंगानालाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री, कांग्रेस सभापति शेरबहादुर देउवासहित, दलका शीर्ष नेता, मन्त्रीलगायत शुभेच्छुक पुगेका छन् । देउवाले पार्टीको झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली दिए ।

प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुङ्गाना नेपालको संसदीय अभ्यासमा बेग्लै पहिचान र मान्यता राख्ने बहुआयामिक व्यक्तित्व भएको बताए ।

सरकारले ढुंगानाको निधनको शोका आज सार्वजनिक बिदा दिएको छ । साथै राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend