सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

थापाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन

थापाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन

२ मंसिर, रुपन्देही । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस नाट्टा लुम्बिनी प्रदेशको अध्यक्षमा चन्द्र थापा निर्वाचित हुनु भएको छ । नाट्टा लुम्बिनीको १२ औँ वार्षिक साधारण सभा तथा अधिवेशनले थापाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो।

एशोसिएनको वरिष्ठ उपाध्यक्षमा कुलचन्द्र पाण्डे, द्वितीय उपाध्यक्षमा गोविन्द सिंह, तृतीय उपाध्यक्षमा अन्जनकुमार श्रेष्ठ निर्वाचित हुनु भएको हो । महासचिवमा सिता बस्याल, सचिवमा अंकित जैसवाल, कोषाध्यक्षमा प्रदीपकुमार पोखरेल र सहकोषाध्यक्षमा विराट श्रेष्ठ चयन भएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता युवराज कंडेलले जानकारी दिनु भयो । सदस्यहरुमा जीवनाथ पौडेल, गणेश भट्टराई, टंक काफ्ले, गौरव पाण्डे, भुवन पाण्डे, प्रदीपप्रसाद उदय र मित्रशरण शर्मा रहनु भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend