१ मङ्सिर, काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको दसौँ र एघारौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट पुनः सीताराम न्यौपाने निर्विरोध निर्वाचित हुनु भएको छ । बर्दिबासमा सम्पन्न अधिवेशनबाट ३ वर्षका लागि न्यौपानेको अध्यक्षतामा २१ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएका हुन् ।
वरिष्ठ उपाध्यक्षमा चन्द्रमणि अधिकारी, उपाध्यक्षमा कोशी प्रदेशबाट रोहित बहादुर कार्की, मधेस प्रदेशबाट राम नारायण प्रसाद यादव, बागमती प्रदेशबाट देवराज लुइँटेल, गण्डकी प्रदेशबाट लिलाधर बराल, लुम्बिनी प्रदेशबाट मीनबहादुर शाही निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा देवराज तामाङ चुनिनु भएको छ भने सचिवमा उम्मेदवारी नपरेकाले पद रिक्त रहेको अध्यक्ष न्यौपानेले जानकारी दिनु भयो । साथै सहसचिवमा बुद्धि प्रसाद आचार्य, कोषाध्यक्षमा वेचन ठाकुर वरही र सहकोषाध्यक्षमा विनोद राज श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भयो ।
सदस्यमा हुमनाथ पौडेल,कुमार गिरी, तिल प्रसाद पाठक, अनोद कुमार देवकोटा, विकास नारायण श्रेष्ठ, राजकुमार रावल, राजु रेग्मी, शशि कुमार यादव, सन्तोष यादव निर्वाचित हुनु भएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend