बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

एमएडब्लु वृद्धिले सार्वजनिक गर्‍यो माउन्टेन  इलेक्ट्रिक भ्यान

एमएडब्लु वृद्धिले सार्वजनिक गर्‍यो माउन्टेन  इलेक्ट्रिक भ्यान

काठमाडाैं । चीनको विद्युतीय गाडी उत्पादक कम्पनी फोटोनको माउन्टेन  इलेक्ट्रिक भ्यान सोमबार (२६ कार्तिक ) नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि फोटोनको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले  एक समारोहबीच उक्त भ्यान सार्वजनिक गरेको हो ।

 कार्यक्रममा  उक्त भ्यान खरिद गरेका १०० जना ग्राहकलाई साँचो पनि हस्तान्तरण गरिएको थियो  । कम्पनीका अनुसार उक्त गाडीको रेन्ज ३०० किलोमिटर रहेको छ । उक्त गाडी किन्दा ८० प्रतिशत फाइनान्सिङको पनि व्यवस्था रहेको जनाइएको छ । १४ सिट भएको भ्यानको ५८ लाख ९९ हजार, १५ सिट भएको भ्यानको ५७ लाख ४९ हजार रुपैयाँ मूल्य रहेको कम्पनीले जनाएको छ ।

यस्ता छन् उक्त भ्यानका विशेषताहरू

  माउन्टेन  इलेक्ट्रिक भ्यानको युरोपियन युनियन डब्लूभीटिए प्रमाणित सवारीसाधन हो । जसको परीक्षण र निरीक्षण जर्मन संस्था टीयूभी रेनल्याण्डद्वारा गरिएको छ ।  अन्य भ्यानको तुलनामा अग्लो रहेको  गाडीभित्र प्यासेन्जरलाई बस्न सजिलो हुने कम्पनीकाे दावी छ । ५५.५८ किलोवाटको ब्याटरी रहेको भ्यानकाे ग्राउण्ड क्लियरेन्स १८० एमएम रहेको छ ।

यसैगरी, सो गाडीमा ३३० एनएमको तनाई रहेको छ । १३० किलोवालटको मोटर पावर र २५ डिग्रीको उकालो बाटोमा पनि गाडी सहजै चल्ने जनाइएकाे छ । उकालोमा ब्रेक लाग्दा अटो होल्ड हुने, स्मार्ट पार्किङ, हिल होल्ड कन्टोल लगायतका विषेशताहरू रहेका छन् । यस्तै, सो गाडी दुईवटा मोडमा चलाउन सकिन्छ । ईको र पावर मोडमा सो गाडी चलाउन सकिन्छ । उक्त गाडीको वारेन्टी ५ वर्ष वा ३ लाख किलोमिटर रहेको कम्पनीले जनाएकाे छ ।

चीनको कमर्सियल इभी उत्पादनमा फोटन १९ वर्षदेखि नम्बर एक हुँदै आएको एमएडब्लु वृद्धिका प्रमुख कार्यकारी अधिकृत तुसार गुप्ताले बताए । उनले भने,  ‘फोटोन भारतमा सर्वाधिक विक्री हुने ईभी बस रहेको छ । फोटनले दक्षिण अमेरिकामा ९ लाख भन्दा धेरै कमर्सियल गाडी निर्यात गरेको छ ।’

भ्यान सार्वजनिक कार्यक्रममा एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवाल, फोटोनको साउथ एसिया रिजनल म्यानेजर, एमएडब्लु वृद्धिका प्रमुख कार्यकारी अधिकृत तुसार गुप्ता, एमएडब्लु वृद्धिको एमडी विवेक शिकारिया, सेल्स हेड नवीन आचार्यलगायतको उपस्थिति रहेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend