बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

भाइटीका संगै यस वर्षको तिहार समापन

भाइटीका संगै यस वर्षको तिहार समापन

काठमाडौं । तिहारको अन्तिम दिन आइतबार (१८ कार्तिक ) दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाएपछी  यस वर्षको तिहार समापन भएको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिनमा भाइटीका लगाउने गरिन्छ।

यमपञ्चक समेत भनिने तिहारमा  दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै परम्पराअनुसार सप्तरंगी वा पञ्चरंगी टीका लगाएर भाइटीका मनाउने गरिन्छ। दिदीबहिनीले टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिन्छन्।

देश तथा विदेशमा रहेका नेपालीहरुले  आफ्ना दिदीबहिनी तथा दाजुभाइसँग टीका लगाएका तस्बिरहरू आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। दाजुभाइ नहुनेले दिदीबहिनीबीच पनि टीका लगाउने गर्छन्।

त्यस्तै , प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन् ।

प्रधानमन्त्री ओलीले बालुवाटारस्थित सरकारी निवासमा बहिनीहरुबाट भाइटीका लगाएको प्रधानमन्त्री ओलीले स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो  ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend