खबरब्रेकिंग, १४ मंसिर ,काठमाडौं । सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) कार्यान्वयन गर्न नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) लाई सहकारी विभागले परिपत्र गरेको छ । उक्त दफामा एउटै व्यक्ति सहकारी संघ/संस्थाको दोहोराे पदमा बस्न नपाउने व्यवस्था छ ।
सहकारी ऐनमा उल्लेख भएकाे व्यवस्थालालाई धज्जी उढाउँदै नेफ्स्कून लगायत अन्य सहकारी संघ/संस्थामा सञ्चालहरु २–३ वटा पदमा समेत बस्दै आएका छन् ।
मंसिर १० गते सहकारी विभागका कानुन अधिकृत भोजराज दाहालले हस्ताक्षर गरेको पत्रमा दोहोरो पदको ब्यवस्था कानुन अनुसार कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) मा ‘कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ’ भन्ने व्यवस्था रहेको हुँदा कुनै प्रारम्भिक संस्था वा विषयगत जिल्ला वा प्रदेश संघको सञ्चालक केन्द्रीय संघमा निर्वाचित भई निर्वाचित पदको सपथ ग्रहण लिएपछि त्यस अघि कायम रहेको संस्थाको सञ्चालक समितिको पद स्वत: नरहने व्यहोरा आदेशानुसार अनुरोध छ, पत्रमा उल्लेख छ ।
यही पाैष ७ र ८ गते नेफ्स्कूनको निर्वाचन सहितको साधारण सभा हुन गइरहेको छ। उक्त साधारण सभामा पनि यस अघि प्रारम्भिकदेखि विभिन्न संघको सञ्चालक रहेकाहरुले उम्मेदवारी दिने जनाएका थिए। नेफ्स्कून भित्रै पनि हाल धेरैजसाे सञ्चालक दाेहाेराे पदमा छन्
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend