काठमाडौं । संघीय सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेको सरुवा भएको छ । घिमिरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा भएको हो।
त्यस्तै विभागको रजिस्ट्रारमा कुमार प्रसाद दाहाल आउने लगभग पक्का भएका छन् । दाहाल युवा तथा खेलकुद मन्त्रालयबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सरुवा भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद् बैठकले सरुवा गरेको हो ।
तर, सहमतिको आधारमा मन्त्रालयले अन्य सहसचिवलाई पनि विभागको रजिस्ट्रारमा पठाउन सक्छ । हालसम्म जिम्मेवारी भने ताेकिएको छैन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend