बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

बसाइसराई रोक्न तिनै तहका सरकार सजक हुनु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत

बसाइसराई रोक्न तिनै तहका सरकार सजक हुनु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत

काठमाडौं, १२ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जनसंख्याको बसाइसराई रोक्नका लागि तिनै तहका  सरकार सजक हुनु पर्ने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा मंगलबार राजधानीमा आयोजना गरेको जनसंख्या र बसाईसराई व्यवस्थापनको सवलिकरण सम्बन्धी परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले विकासको न्यायोचित वितरण नभएका कारण बसाईसराईको चाप शहरी क्षेत्र र तराईमा बढेको र पहाडको घटेको बताउदै बेलैमा व्यवस्थापन गर्न नसकिए त्यसले समस्या निम्ताउने बताएका हुन ।

 

” बसाईसराई व्यवस्थापन गर्ने काम राज्यको कुनै एक निकायको प्रयासले मात्र संभव छैन । यसमा राज्यका तिन वटै सरकारको सहकार्य आवश्यक छ । जनसंख्या व्यवस्थापन बहु सरोकारवाला मुद्दा हो । यसको समाधान सहकार्यका माध्यमबाट गर्नु पर्छ “, मन्त्री बस्नेतले भने।  हिमाल र पहाडबाट जनसंख्या शहरी क्षेत्रमा बसाईसराई बढ्दै जाने र शहरी क्षेत्रमा जनसंख्याको चाप थेग्नै नसकिने गरि बढ्नु भविश्यका लागि समेत  चिन्ताको बिषय भएकोले यसको समाधानमा अहिले देखि नै सरोकारवाला लाग्नु पर्नेमा उनको  जोड थियो ।

चिकित्सा शिक्षा पढ्न नपाएर पनि धेरै जसो युवा जनशक्ति विदेश पलायन भइरहेको दावी गर्दै निकट भविश्यमै चिकित्सा शिक्षा ऐन संसोधन गरेर नेपाल भित्रै पढ्न पाउने वातावरण बताउने दावी मन्त्री बस्नेतले गरे । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईले नेपालीको औषत आयु बढ्दै जानु र जन्मान्तर घट्दै गइरहेको बेला यसका बिषयमा पनि विज्ञहरुले चासो राख्नु पर्नेमा जोड दिइन् । मन्त्रालयका अतिरिक्त सचिव डा. टंक वाराकोटीले सरकारले अगामी १६ औं पञ्चवर्षिय योजनामा यो बिषयलाई प्राथमिकताका साथ संवोधन गर्नु पर्ने आवश्यकमाथि जोड दिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय आप्रवासन संगठनकी प्रतिनिधि हेनेल फोर्सले खुला सिमानाका कारण पनि नेपालमा बसाईसराई बढेको बताउदै राज्यले बसाईसराईलाई व्यवस्थित गर्न सके विकासले गति लिन सक्ने बताइन । त्यस्तै , तथ्यांक कार्यालयका निर्देशक ढुन्डीराज लामिछानेले बसाईसराई व्यवस्थित सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend