१० मंसिर , काठमाडौं । नेपालमा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा पुगी नयाँ रेकर्ड बनाएको हो ।
गत बुधबार १३३ रुपैयाँ ६८ पैसा पुगेर नयाँ रेकर्ड बनाएको डलरको मूल्य आज २ पैसाले बृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार आज अर्थात आइतबार अमेरिकी डलरको मूल्य १३३ रुपैयाँ ७० पैसा पुगेको छ। अब एक अमेरिकी डलर साट्न १३३ रुपैयाँ ७० पैसा खर्च गर्नुपर्ने भएको छ। यो हालसम्मकै उच्च मूल्य हो । यो विनिमय दर वाणिज्य बैंक तथा अन्य मुद्र सटाही गर्ने कम्पनीको भन्दा फरक हुन सक्छ ।
अमेरिकी डलरको तुलनामा भारतीय रुपियाँ कमजोर बन्दा नेपाली रुपैयाँसमेत इतिहासकै कमजोर भएको हो। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend