काठमाडौं । १२औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताह -२०८० को अवसरमा सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्मानित भएको छ।

राष्ट्रिय कर दिवसका अवसरमा मंसिर ७ गते आयोजित करदाता सम्मान कार्यक्रममा आर्थिक वर्ष २०७८।०७९ मा सिन्धुपाल्चोक जिल्लाबाट नेपाल सरकारलाई सबैभन्दा बढी आयकर दाखिला गरे वापत आन्तरिक राजश्व कार्यालय, धुलिखेल अन्तर्गतको करदाता सेवा कार्यालय काभ्रेपलान्चोकबाट संस्थालाई सम्मान प्रदान गरिएको हो । सस्थाका सचिव प्रल्हाद थापाले उक्त सम्मान ग्रहण गरेका हुन।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend