बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

दरबार स्क्वायर बहुउद्देश्यीय सहकारीको पन्ध्रौं साधारणसभाबाट मर्जर प्रस्ताव पारित

दरबार स्क्वायर बहुउद्देश्यीय सहकारीको पन्ध्रौं साधारणसभाबाट मर्जर प्रस्ताव पारित

काठमाडौं । दरबार स्क्वायर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्था का अध्यक्ष सुरेश लाल शाक्यको अध्यक्षतामा यहीँ मंसिर ९ गते शनिबार सम्पन्न साधारणसभाले समान उद्देश्यका अरु उपयुक्त सहकारी संस्थाहरुसङ्गको एकीकरण ( मर्जर) प्रस्तावलाई अनुमोदन गरेको छ।

साधारणसभाले दरबार स्क्वायर बहुउद्देश्यीय सहकारी संस्थाको बृहत् बहुउद्देश्यीय तथा नियोजित बहुउद्देश्यीय संस्थासङ्ग एकीकरण गर्ने प्रस्ताव पारित गरेको हो।

साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष शाक्यले प्रस्तुत गरेका संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

त्यस्तै , उक्त साधारणसभाले समिक्षा आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन , वासलात, नाफा-नोक्सान हिसाब , नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि पारित गरेको छ। लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आ.व. २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको काम सभाले गरेको छ।

समिक्षा आर्थिक वर्षमा यस संस्थाको शेयर पूँजी रु. ८२,४४,५००।०० रहेको छ । संस्थाको कुल निक्षेप आर्थिक वर्ष २०७९/८० आषाढ मसान्तमा रु. ७,८८,७५,१९६|०० र सदस्यहरुलाई रु. ९,३९,९५,३२२|०० कर्जा प्रवाह गरेको छ। त्यससँगै , संस्थाको शेयर लगानी राष्ट्रिय सहकारी बैंक लि. को १० कित्ताको रु. १०,०००।-, जिल्ला सहकारी संघ, काठमाण्डौको ५ कित्ताको रु. ५,०००/- र केन्द्रिय बहुउद्देश्यीय सहकारी संघको ५०० कित्ताको रु ५०,०००।- गरी जम्मा रु. ६५,०००।- लगानी रहेको जनाएको छ।

संस्थाले समिक्षा आर्थिक वर्षमा मा रु. २१,८०,१२६/- मुनाफा आर्जन गर्न सफल रहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend