काठमाडौं । गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेइसौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष निराजन सिंखडाको सभापतित्वमा यहीँ मंसिर ९ गते शनिबार सम्पन्न भएको साधारणसभाले आगामी चार वर्षको कार्यकालको लागि नयाँ संचालक समितिको निर्वाचन सम्पन्न गरेको छ।
साधारणसभाले पुनः निराजन सिंखडाकै अध्यक्षतामा संचालक समितिको चयन गरेको हो। नयाँ संचालक समितिको उपाध्यक्षमा कविन्द्र बुर्लाकोटी , सचिवमा राजन के. सी. , सहसचिवमा कुशल सिलवाल , कोषाध्यक्षमा सौर्या खनाल लगायत सदस्यहरुलाई सर्वसम्मत निर्वाचित गरेको हो।
त्यससँगै , सभाले ज्ञानेन्द्र राज देवकोटाको संयोजकत्वमा लेखासमितिको पनि चयन गरेको छ।
साधारणसभाले शेयर सदस्यहरुलाई आर्थिक वर्ष २०७९/०८० को शेयर लाभांश कोष र संरक्षित पूँजी फिर्ता कोषबाट ८% नगद लाभांश प्रदान गरेको छ।
साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष सिंखडाले प्रस्तुत गरेका संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।
त्यस्तै , उक्त साधारणसभाले समिक्षा आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन , वासलात, नाफा-नोक्सान हिसाब , नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि पारित गरेको छ। लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आ.व. २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको काम सभाले गरेको छ।
समिक्षा आर्थिक वर्षमा गण्डकी साकोसको शेयर पूँजी रु. १२,०४०,१००/- रहेको छ। यस वर्ष संस्थाको निक्षेप संकलन रु २७,१५४,९०४|०२ र कर्जा तथा लगानी रु २९,५५७,७५०/- रहेको छ। संस्थाको मुनाफा रु. ४६३,६६६ रहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend