९ मंसिर , काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा आवश्यक एमआरआई मेसिन यसै वर्षको बजेटबाट किनिने स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले बताएका छन्।
ट्रमा सेन्टरको दशौ वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन्।
कार्यक्रकका प्रमुख अतिथिका रुपमा शुभकाममा दिदै मन्त्री बस्नेतले जनताको मौलिक अधिकार भित्र रहेका स्वास्थ्य र शिक्षालाई जनताले अनुभुती हुनेगरि काम गर्ने प्रयास गरिरहेको बताए।
उनले स्वास्थ्य सेवामा आवश्यक जनशक्तिको लागि दरबन्दी बढाउने गरि काम गरिरहेको बताए। उनले भौतिक पुर्वाधार र उपकरणकालागि आवश्यकताका आधारमा निष्पक्ष स्रोत वितरण गर्ने गरि काम भइरहेको बताए।
उनले ट्रमा सेन्टरको लागि अति आवश्यक तर विविध कारणले आउन नसकेको एमआरआई यसै वर्ष आउने गरि वजेटको व्यवस्था गरेको बताउदै सरकारको प्रथमिकतामा रहेको यस सेन्टरका लागि आवश्यक सहयोग गर्ने बताए।
त्यस्तै मन्त्री बस्नेतले डाक्टरको रिटायर्डको समयबारे पनि छलफल भइरहेको बताए। उनले उमेरले ऐन अनुसार रिटायर्ड भएका हरुलाई शैक्षिक कार्यक्रममा योगदान गर्ने गरि जनशक्तिको व्यवस्थापन गर्ने योजना रहेको बताए।
कार्यक्रमका विशेष अतिथी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा भुपेन्द्र कुमार वस्नेतले शुभकामना दिदै २०७१ सालमा शुरु भएर २०७२ सालको भुकम्प पछी यसको सेवा र महत्व बढेको बताए। उनले यसले अब विशिष्टिकृत सेवाको मेडिकल शैक्षिक कार्यक्रम शुरु गर्नुमा जोड दिए।
उनले मन्त्रालयले जनशक्ति उत्पादनका लागि सरकारी अस्पतालमा नर्सिङ पारामेडिकर तथा एमबिबिएसका शैक्षिक कार्यक्रम चलाउने कुराले सरकार र जनता दुबैलाई सहयोग पुग्ने बताए। उनले भौतिक पुर्वाधार, जनशक्ति र विरामी भएका सरकारी अस्पतालमा कम आर्थिक भारमा शैक्षिक जनशक्ति उत्पादन गर्न सकिने बताए।
कार्यक्रममा राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट रिजालले गत एक वर्षमा सेन्टरले ६ हजार ९ सय ६ मेजर सर्जरी गरिएको तथा १७ हजार ४ सय ४९ जनाले ईमर्जेन्सी सेवा लिएको जानकारी दिए।
उनले विरामीको चापले गुणस्तरीय सेवामा सोचे जति गर्न नसकिएको बताउदै आइसियु, एचडियु र पोस्ट अप्रेशन वेडनै आवश्यक रहेको बताए।
अबको योजनाबारे जानकारी दिदै निर्देशक डा रिजालले ओएनएम, ट्रमा पुनर्स्थापना केन्द्र, एमआरआई राख्ने जसेता योजना रहेको बताए। यस सेन्टरलाई अध्ययन अध्यापन केन्द्रका रुपमा विकास गर्ने योजना रहेको बताए।
डा विनोद शेरचनले स्वागत मन्तव्य सहित अस्पतालको विगत र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
कार्यक्रममा पूर्व निर्देशकहरु डा. अशोक वज्रचार्य, डा बुलन्द थापा र डा प्रमोद उपाध्ययलाई कदर पत्र सहित सम्मान गरिएको थियो।
त्यसैगरी नर्सिंग सेवामा सुरुवात देखी काम गरेर सेवा गरेर अवकाश लिएकी रत्नमाया शुवाललाई सम्मान गरिएको थियो।
दशौँ वार्सिकोत्सवका अवसरमा आयोजित बिभिन्न खेलकुद कार्क्रमका बिजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो।
खेलहरुमा बुद्धिचाल महिला तथा पुरुष, टेवल टेनिस, व्याडमिन्टन महिलब एकल तथा डबल, पुरुष एकल तथा डबल तथा फुटसल महिता तथा पुरुष प्रतियोतामा प्रथम, द्वितीय र तृतियहुने टिमलाई प्रमाणपत्र तथा ट्रफी सहित पुरस्कार वितरण गरिएको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend