बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

डेमोक्रेटिक  लयर्स एसोसिएसन (डीएलए नेपाल)को ३४औँ स्थापना दिवस मनाईयो

डेमोक्रेटिक  लयर्स एसोसिएसन (डीएलए नेपाल)को ३४औँ स्थापना दिवस मनाईयो

काठमाडौं । नेपाल डेमोक्रेटिक  लयर्स एसोसिएसन (डीएलए नेपाल)ले आफ्नो ३४ औँ स्थापना दिवस मनाएको छ। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्य र डीएलए नेपालका अध्यक्ष सिताराम के.सी.को सभापतित्वमा मंसिर ५ गते मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमकाबिच संस्थाले स्थापना दिवस मनाएको हो। डीएलए नेपाल नेपाली काङ्ग्रेस पार्टी निकट कानुन व्यवसायीहरुको संगठन हो।

स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुशासन र विधिको शासन स्थापित गर्न स्वच्छ र निष्पक्ष न्यायापालिकाको भुमिका महत्त्वपूर्ण रहेको बताए । मुद्दाको छिटो छरितो फैसला हुने वातावरण सिर्जना गरि न्यायमा नागरिकको विश्वास कायम गर्नुपर्नेमा उनले जोड दिए।

सभापति देउवाले संविधानमा नागरिकको हक अधिकारको कुरा राखिएपनि कानुनको अभावमा उक्त हक अधिकार पूर्णरूपमा स्थापित हुन नसकेको बताए ।उनले संविधानमा प्रत्याभूत गरिएका नागरिकको हक अधिकार स्थापित गर्नका लागि आवश्यक कानुन बनाउन सबै गम्भीर हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा सभापति सिताराम के.सी.ले डीएलए नेपालले आर्थिक र कानुनी सुशासनका लागि पालिकास्तरमा कार्यक्रमहरु संचालन गरिरहेको जानकारी गराए। उनले एकतावद्व भएर संगठनमा नयाँ रक्तसञ्चार गर्नको लागि वर्तमान नेतृत्वले काम गरेको बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति कृष्ण बहादुर बानियाँ, वरिष्ठ अधिवक्ता हरिहर दाहाल , नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेम बहादुर खडका र शेरबहादुर के.सी. लगायतले सम्बोधन गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend