५ मंसिर , काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको बाइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा काठमाडौं, बालुवाटार स्थित आम्रपाली बैंङक्वेटमा आज अर्थात मंसिर ५ गते मंगलबार साधारणसभा सम्पन्न भएको हो ।

साधारण सभाले बैंकको चुक्ता पूँजी १४,०८,९९,८०,१८५/- (अक्षरेपी चौध अर्ब आठ करोड उनानसय लाख असी हजार एक सय पचासी रुपैँया मात्र) को ४.२१ प्रतिशतका दरले हुने . ५९,३१,८८,१६६/- (अक्षरेपी उनान्साठ्ठी करोड एकतीस लाख अठासी हजार एक सय छैसठ्ठी रुपैंया मात्र) नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।
अध्यक्ष केडियाले २० वटा वाणिज्य बैंकहरुमध्ये सर्वाेत्कृष्ट बैंक ‘सिद्धार्थ बैंक’ भएको बताए । आउँदा दिनमा सेयरधनीहरुलाई बढी भन्दा बढी प्रतिफल दिने गरी बैंक संचालनमा रहेको अध्यक्ष केडियाले सभामा सुनाए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend