खवरब्रेकिंग, काठमाडौं,मङ्सिर ५ गते । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । भिजन लुम्बिनीले सर्वसाधारणमा जारी गरेको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले कम्पनीको कार्यलयमा मंगलबार बिहान बाँडफाँट गरेको हो।
क्यापिटलका अनुसार आईपीओमा कुल ११ लाख ६१ हजार ५२९ जनाको आवेदन परेको थियो । जसमध्ये ११ लाख ५६ हजार ९ सय २७ जनाको आवेदन मात्र योग्य थियो भने ४ हजार ६ सय २ जनाको आवेदन रद्द भएको थियो।
क्यापिटलले योग्य आवेदकमध्ये गोलाप्रथाबाट २ लाख ७ हजार ५२८ जनालाई १० कित्ताको दरले सेयर बाँडफाँट गरेको छ भने बाँकी रहेको ५ कित्ता सेयर ५ जनालाई थप गरी ११ कित्ता बाँडफाँट गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend