सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

एकै दिन २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

एकै दिन २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ, मङ्सिर १ गते । आज शुक्रवार एकै दिन सुनको मूल्य दुई हजार तीन सय रुपैयाँले बढेर तोलामा एक लाख १५ हजार पाँच सय रुपैयाँमा पुगेको छ ।

गएको सोमवार सुनको भाउ तोलामा एक लाख १३ हजार दुई सय रुपैयाँ थियो । मङ्गलवार, बुधवार र हिजो बिहीवार तिहार बिदामा सुनचाँदीको मूल्य तोकिएको थिएन । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले लक्ष्मी पूजाको भोलिपल्ट २७ गते मूल्य तोकेपछि आज बल्ल बजार खुलेको हो । यस्तै चाँदी तोलाको एक हजार चार सय ५० रुपैयाँ रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तराष्ट्रिय बजार मूल्यअनुसार नेपालमा मूल्य तोक्दै आएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend