स्याङ्जा, कात्तिक ३० गते । गण्डकी प्रदेशका भलिबल सदस्य सन्तोषबहादुर थापाको सम्मानमा बिहीबार प्रदेशका सबै भलिबल खेलहरू स्थगित गरिएको छ । उनको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको थियो
गण्डकी प्रदेश भलिबल सङ्घका अध्यक्ष नवीन गुरुङले सन्तोषको सम्मानमा प्रदेश भित्र सञ्चालन भइरहेका सम्पूर्ण भलिबल प्रतियोगिता स्थगित गरिएको बताए । प्रदेशको भलिबलले ठुलो क्षति व्यहोरेको बताउँदै गुरुङले एक उत्कृष्ट युवा खेलाडी प्रदेशले गुमाएको बताए ।
चापाकोट नगरपालिका २ का २२ वर्षीय सन्तोषको मङ्गलवार राति वालिङमा भलिबल खेलमा सहभागी भएर घर फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा निधन भएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend