बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

महासंघको नवप्रवर्तन मंच र उद्योगमन्त्री रिजालबीच भेटवार्ता

महासंघको नवप्रवर्तन मंच र उद्योगमन्त्री रिजालबीच भेटवार्ता

२७ कार्तिक,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठको नेतृत्वमा गएको नेपाल उद्योग वाणिज्य महासंघ स्टार्टअप एण्ड इन्नोभेशन फोरमका प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सचिव मुकुन्दप्रसाद निरौला सङ्ग भेटबार्ता गरेको छ ।

महासंघका स्टार्टअप तथा ईन्नोभशन फोरमका सभापती जूना माथेमाले इन्नोभेसन फोरमको परिचय गराउनका साथै स्टार्टअप नेशन २०३० लाई सफल पार्नका लागि फोरमले अपनत्व गरेका रणनीतिक योजनाहरु उक्त भेटमा मन्त्रीसमक्ष  पेश गरेकि थिइन् ।

भेटमा प्रतिनिधिमण्डलले देशको ठूलो हिस्सा ओगटेको युवा र नव युवाउद्यमीहरुका नविनतम सोचहरुको महत्व र प्रभावलाई बुझेर स्टार्टअप नीति, स्टार्टअप धितो कोष संचालन कार्यबिधि, २०८०, आदिको कार्यान्वयन गर्ने प्रकृयालाई तिव्रता दिनुपर्नेमा जोड दिएको थियो । उक्त भेटका क्रममा मन्त्री रिजालले फोरमका सरोकारहरुलाई ग्रहण गर्नका साथै त्यसलाई पूरा गर्न मिलेर काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

देशको समग्र आर्थिक, सामाजिक र दिगो विकासमा स्टार्टअप तथा नवप्रवर्तनको एकदमै महात्वपूर्ण भुमिका रहेकाले सहकार्यलाई सुव्यवस्थित गर्ने र संयुक्त प्रयासहरुलाई अगाडी बढाउने रणनीतिहरुबारे छलफल भएको र फोरमले तयार गरेका रणनीतिक योजनाहरुको प्रतिनिधि मण्डलले मन्त्रि रिजाललाई हस्तान्तरण गरेको थियो ।

भेटमा स्टार्टअपको प्रवर्द्धनसम्बन्धि अन्य बिषयहरुमा पनि फलदायी छलफल भएको जनाइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend