बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सिम्बोलिक सहकारीको १२औं साधारणसभा सम्पन्न; राजेन्द्र गिरीको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

सिम्बोलिक सहकारीको १२औं साधारणसभा सम्पन्न; राजेन्द्र गिरीको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

काठमाडौं । सिम्बोलिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष जयराम गिरीको अध्यक्षता एंव बागमती प्रदेश सांसद रत्नप्रसाद ढकालको प्रमुख आतिथ्यमा यही कार्तिक २० गते सोमबार सभा सम्पन्न भएको हो।

साधारणसभाले आगामी ४ वर्षको कार्यकालको लागि  नयाँ सञ्चालक समिति निर्वाचन सम्पन्न  गरेको छ । संचालक समितिको  अध्यक्षमा राजेन्द्र गिरी, उपाध्यक्षमा नारायणप्रसाद श्रेष्ठ, सचिवमा अप्सरा गिरी, कोषाध्यक्षमा हरिराम गिरी लगायत संचालक समितिका सबै सदस्यहरु सर्वसम्मत निर्वाचित भएका हुन। त्यससँगै , लेखापरीक्षण समितिको पनि निर्वाचन सम्पन्न भएको छ।

साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष जयराम गिरीले प्रस्तुत गरेका संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित  पारित गरेको छ।

त्यस्तै , उक्त साधारणसभाले समिक्षा आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन , वासलात, नाफा-नोक्सान हिसाब , नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि पारित गरेको छ।

सभाका  प्रमुख अतिथि बागमती प्रदेश सांसद ढकालले  संविधानले निर्देश गरेको समाजवाद उन्मुख अर्थतन्त्रको लक्ष्य प्राप्त गर्ने महत्त्वपूर्ण भूमिकामा सहकारी क्षेत्र रहेको र  खासगरी  अहिलेको विश्वव्यापी आर्थिक मन्दी तथा  सहकारीप्रति अविश्वास बढेको  अप्ठ्यारो परिस्थितिमा    सहकारीलाई नियमसंगत रुपमा सञ्चालन गरी सदस्यको विश्वास कायम राख्नसक्नु यस संस्थाको सफलता भएको उल्लेख गरे । उनले सहकारीका नियामक निकायले सहकारीको प्रभावकारी नियमन र अनुगमन नगरेर बाटोबाट नै खाम बुझेर हिड्ने गरेको आरोप समेत लगाए।  कृषि ,पर्यटन र मझौला उद्योगमा सहकारीले योगदान गर्दै आएको र सरकारले अझै  सहज वातावरण  निमार्ण गरी ती क्षेत्रमा लगानी बढाउन अभिप्रेरित गर्नु पर्नेमा उनले जोड दिए ।

सभामा अध्यक्ष जयराम गिरीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक मन्दी लगायतका चुनौैतीका बीचमा पनि सदस्यका  हितको लागि संस्थाले काम गर्दै आएको बताए । संस्थाले वित्तीय संकटका बेलामा पनि सदस्यको माग अनुसार व्यवसायिक ,हायरपर्चेच र आवास जस्ता क्षेत्रमा सामुहिक जमानी र धितो मुल्याङ्कनमा ऋण लगानी गर्दै आएको उनले बताए ।

संस्थाका कोषाध्यक्ष हरिराम गिरीले आर्थिक बर्ष २०७९ / ८० को आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै मुलुकमा आएको आर्थिक मन्दी र बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदरमा गरेको वृद्धिले संस्थाको कारोवारमा प्रभाव परेको बताए ।

अहिलेको वित्तीय संकटका बेला कतिपय सदस्यले लगेको ऋणको साँवा ब्याज भुक्तनीमा आलटाल गर्ने र कतिपय सदस्यले विभिन्न बहाना बनाएर बचत तथा शेयर फिर्ता माग्ने गरेकाले संस्थालाई केही समस्या पारेको उनले  जनाए । संस्थाको गत असार मसान्तसम्म शेयर पुँजी २ करोड ५ लाख , जगेडा तथा अन्य कोषमा ५३ लाख ७  हजार, बचत संकलन ४ करोड २४ लाख र ऋण लगानी ६ करोड ८ लाख रहेको संस्थाको प्रतिवेदनमा जनाइएको छ।

साधारणसभामा लेखा समिति संयोजक ध्रुवराज गिरीले समितिको प्रतिवेदन प्रस्तुत गर्दै ऋण लगानी र असुलीमा ऋण समितिको भुमिका बढाउन र सामुहिक जमानी तथा धितोमा मात्र ऋण लगानी गर्न सुझाव दिए । सभामा सञ्चालक सदस्य अप्सरा गिरीले स्वागत मन्तव्य राखेकी थिईन् । सभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी र बाल बचतकर्तालाई सम्मान गरिएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend