बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

एकमात्रको जन्म

एकमात्रको जन्म

हरिभक्त सिग्देल ‘महेश’

अनन्त ब्रह्माण्ड मध्येको पृथ्वीलोक भारतवर्ष हिमवत्खण्डमा अवस्थित उचाइमा विश्वलाई नाघेर सर्वोच्च शिखर श्रीपेच बनेर बसेको- सगरमाथा । विश्वमा शान्तिको सन्देश फैलाउन चारआर्यसत्यको खम्बा, पञ्चशील र अष्टाङ्गिक मार्गका मार्गदर्शक बुद्ध जन्मिएको लुम्बिनी । वैदिक कालको ज्ञानको विश्वविद्यालय ठहरिएको सीताको जन्मथलो, रामको ससुराली, विदेहराज जनकको राज्यको राजधानी जनकपुरधाम । यस्ता अनेकौं अध्यात्मविभूति रभौगोलिक दिव्यता बोकेको पवित्र भूमि म जन्मिएको मेरो प्यारो देश- नेपाल हो ।नेपालको राजधानी काठमाण्डौँको उत्तरतर्फ बालाजुबाट पैदल दुईघण्टाको बाटोमा अनादि तारकेश्वर महादेवको सान्निध्यमा दक्षिणपट्टि भिरालोपरेको गाउँ छ ‘जीतपुर’ । उहिले त्यस ठाउँलाई पाँचमाने जीतपुरफेदी गाउँपञ्चायत भनिन्थ्यो । पाँचमाने तिब्बतसँगको युद्धमा तिब्बती सेनालाईकाठमाण्डौ छिर्न नदिई फर्काइएको ठाउँ हो, जहाँ (सम्झौता) युद्धविराम भएपछि बनाइएका पाँचवटा मानेहरू अझै छँदै छन् । जीतपुर, म जन्मेको गाउँ जसको शिरमा हाल भुवनेश्वरीको मन्दिर बनाइएको छ । त्यहाँ किल्ला बनाएर ट्रेञ्चसमेत खनेको देखिन्थ्यो, त्यो सबै सम्पूर्ण जाली फटाहाहरूले हडपेकाले हाल देखिँदैन, त्यसै ठाउँबाट भोटका सेनाहरूलाई खेदेर भगाई युद्ध जितेकाले त्यस गाउँको नाम जीतपुर रहेको हो जुन इतिहासमा लेखिइसकेको छ । फेदी चर्चित हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ दाजु जन्मेको ठाउँ हो । पहिले नुवाकोट, धादि , गोरखा र पोखरा जाने मुख्य मार्ग र व्यापारकेन्द्र पनि थियो । त्यस ठाउँलाई फेदीबजार भनिन्थ्यो । त्यहाँ म जन्मनुभन्दा पहिलेदेखि नै स्कुल, प्रहरीचौकी र हुलाक थियो । तत्कालीन राजा महेन्द्र त्यही बाटो भएर २०२० सालमा घोडाबाट पोखरासम्म दलबलका साथ गएका थिए । त्यही जीतपुर गाउँमा २०११ साल वैशाख १ गते मङ्गलबारको दिन ०५ बजेर ५४ मिनेट जाँदा माता गङ्गादेवी (अधिकारी) सिग्देल र पिता खड्गध्वज (बलराम) सिग्देलको आठौं सन्तान, कान्छो छोराका रूपमा मेरो जन्म भएको हो । मध्यमवर्गीय वैष्णवसम्प्रदायको किसानपरिवारमा म हुर्के, बढ़ें । मेरो त्यहाँको जातीय चलनअनुसार सानै उमेरमा व्रतबन्ध भयो । व्रतबन्ध भएको डेढ वर्षमै २०१९ साल पौष १९ गते मेरा पिताजीको दुःखद निधन भयो । म सानै उमेरमा पितृस्नेहबाट वञ्चित भएँ। मेरी आमाको माया, सद्भाव र कडा अनुशासित निर्देशनमा मैले सत्-शिक्षा र अनुशासनको पाठ पढ्ने मौका पाएको हुँ । मेरा मातापिता वैष्णवधर्म मान्नुहुन्थ्यो । पिताजीले बाँचुञ्जेल, रामायण, महाभारत, गीता र ब्रह्मानन्द साथै वेद, पुराण, उपनिषद्का गहन विषयमा सन्त, महन्त, साधु, भक्त, जिज्ञासुहरूसँग सत्सङ्ग गरेको मलाई हेक्का छ । कति स्वदेशी र भारतीय बाबाहरू आएर हाम्रो घरमा महिनौँ बस्नुहुन्थ्यो । पिताजी हुँदा सधैँ १ घण्टा हरिकीर्तन हुन्थ्यो । हार्मोनियम, तवला र मुजुरा घरमै थिए। पिताजी र दाजुहरू कहिले म पनि साथै कुलप्रसाद जमकटेल र छविलाल सुवेदी आइपुग्नुहुन्थ्यो । प्रायः सधैँ नै, पिताजीको स्वर्गारोहणपछि पनि २०२५ सालसम्म यो हरिकीर्तनको क्रम चली नै रह्यो । २०२५ सालमा हाम्रो परिवारमा अर्को वज्रपात पर्यो, मेरा जेठा दाजु अकस्मात् पक्षाघातले थलिनु भई २०२८ साल भाद्रमा उहाँको स्वर्गारोहण भयो । मातापिता वैष्णवधर्मी भएकाले होला, हाम्रा दाजुभाइ र दिदीबहिनी सबैको नाम विष्णु र लक्ष्मीसँग जोडेर राखिएको छ । क्रमशः दाजुभाइतर्फ कृष्णभक्त, गोपाल, रामभक्त र हरिभक्त । दिदी-बैनीतर्फ देवी घिमिरे, विष्णुमाया दाहाल र सरस्वती लामिछाने । हरिमाया कान्छी सानैमा स्वर्गे भइसक्नुभएको । म आफू, आठ कक्षामा पढ्दादेखि नै घरमै मभन्दा साना र कम पढेका मभन्दा ठुलो उमेरकालाई पनि घरमै पढाउथेँ र मेरो पहिलो पेसा पनि शिक्षक नै थियो । मैले पहिला कालिका प्रा. वि. थुम्की गल्छीमा र पछि फेदी र ओखरपौव प्रा. वि. मा पनि शिक्षक भई काम गरेँ । त्यसपछि म निजामतीको बहिदार र नायव सुब्बाको लोकसेवाको लिखित परीक्षा र अन्तर्वार्तामा पास भएँ । कान्ति बालअस्पतालमा कार्यरत रहेकै बेला तत्कालीन सदर प्रहरी तालिम केन्द्र महाराजगन्जमा प्रहरी पदमा भर्ना खुल्यो । मेरो कान्ति बालअस्पतालको सेवा ७/८ महिनामात्र भएको थियो । मैले राजीनामा दिएर प्रहरी सेवामा प्रवेश गरेँ । प्रहरी सेवामा अधिकृतमा प्रतियोगी भई जाने प्रशस्त अवसर थियो । अर्कोतर्फ जुडो, कराँते प्रहरीलाई मात्र सिक्ने अनुमति थियो । म प्रहरी अधिकृत र जुडो, कराँते सिक्ने अनि जनताको शान्ति लिएर प्रहरी सेवामा प्रवेश गरेँ । फलस्वरूप मैल जिम्न्यास्टिक प्रहरी भएरै सिकेँ साथै अधिकृत हुने रहरका अधिकृत भई देश र जनताको सेवा गर्ने धोको पनि पूरा गरेँ । सुरक्षा गर्ने अभिलाषा जुडो, कराते, बक्सिङ्ग, साथ उत्कृष्ट प्रहरी मलाई सानै उमेरदेखि ईश्वरमा अगाध श्रद्धा र विश्वास थियो । म पूजा, पाठ, व्रत, उपवास पनि गर्थे । मलाई सनातन वैदिक धर्मका देवीदेवता ब्रह्मा, विष्णु, महेश, महाकाली, महालक्ष्मी, महासरस्वती, गणेश, सूर्य र हनुमान् आदिका विषयमा थोरै मात्र ज्ञान थियो । सुरुमा वैष्णवधर्ममा लक्ष्मीनारायण, सीताराम, राधाकृष्ण बाहेक अन्य देवीदेवताको विषयमा पढ्न, पूजा गर्न निषेध थियो, सायद वैष्णवधर्मी भएकाले होला । प्रहरीसेवामा संलग्न रहँदा रहँदै ममा जिज्ञासा बढ्न थाल्यो कि प्रथमतः पृथ्वीको सृष्टि, वैज्ञानिक विचार, सनातनीको ब्रह्मा, विष्णु, महेश, दुर्गा, मुस्लिमहरूका अल्लाह, क्रिस्चियनहरूका गड, सृष्टि कसले कसरी गरेको ? सबै धर्मले आफ्ना ईश्वरले गरेको दाबी गर्दछन् । वास्तविक सत्य के हो ? यसको खोजी अनि देवता एउटामात्र- अल्लाह, गड, बुद्ध वा सनातनी वैदिकका ३३ कोटि प्रमुख गणेश, सूर्य, शिव, देवी, विष्णु र अन्य देवताहरू तथा अन्य मान्यताहरू यथार्थ रूपमा कुन धर्ममा के छ र सत्य के हो ? कुन धर्मले प्रस्ट पार्दछ ? को उत्तर खोज्न अनि ईश्वर र धर्मका विषयको यथार्थ सत्य के हो ? कसरी थाहा पाउने ? यस्ता विषयमा किटान कुनै पनि व्यक्ति, धर्म, सम्प्रदाय र मतले समेत गरेका छैनन् । विविध धर्म र देवताहरू, धर्मशास्त्रका पुस्तकहरू धर्म, देवता र सृष्टिका विषयमा आ-आफ्नै प्रतिपाद्य मत पक्डिएर बसेका छन् । मेरो प्रश्न र जिज्ञासा ज्यूँका त्यूँ रह्यो । सृष्टि कसले गरेको ? देवताहरू कति छन् ? को ठूलो हो ? धार्मिक ग्रन्थहरूले के भनेका छन् त ? यी प्रश्नहरूको जवाफ खोज्ने क्रममा मेरो निद्रा हरायो । मैले यिनै प्रश्नहरूको उत्तर खोज्ने क्रममा बाइबल, कुरान, त्रिपिटक, धम्मपद, वेद, उपनिषद्, पुराण, गीता आदि ग्रन्थहरूका साथै नास्तिक दर्शनसम्म पढ़ें। मात्र जिज्ञासा मेटाउने क्रममा चर्च, मस्जिद, गुम्बा,
विपश्यनाकेन्द्र, मन्दिर, प्रवचन, पुराणश्रवण, सत्सङ्ग आदिमा दौडिइरहें । खुब दौडिएँ । अन्त्यमा श्रद्धेय अक्षरशिरोमणि श्री मदनमणि दीक्षितज्यूले आफ्नो जीवन : महाभियान पुस्तकमा “संन्यासी हुनका लागि बनारसको कुना कुना खोजी गर्दा पनि मलाई संन्यासको दीक्षा दिने, मनले गुरु स्वीकार गर्न योग्य, मनले खाएको कोही भेटिएन” भनी लेख्नुभए जस्तै मेरा जिज्ञासाहरू पनि ज्यू का त्यूँ रहे। म अतृप्त नै रहें !” अन्त्यमा मेरा अनवरत प्रकाशित धार्मिक पुस्तकहरू मूल्यमा स्वधर्म प्रचारका लागि निःशुल्क वितरण लेखिएका र मदन पुस्तकालयमा पुगेका पुस्तकहरूका सन्दर्भमा र मेरो अतृप्तताको खोजीका सम्बन्धमा अक्षरशिरोमणि श्री मदनमणि दीक्षितज्यू र कमलमणि दीक्षितज्यूसँग जिज्ञासा राख्दा यस पुस्तकको नाम ‘एकमात्र’ जुराइदिनुका साथै विमोचनसमेत गरिदिने प्रतिबद्धता प्राप्त गरेको थिएँ । दैवसंयोगले वहाँहरू दुबै स्वधाममा स्वरूपानन्दमा लीन भइसक्नुभएकाले दुबैमा विशेष आभार साथै श्रद्धाञ्जलि सम्मान अर्पण गर्दछु। उहाँहरूबाट विमोचन गराउन नपाएकोमा म दुःखी छु । म अतृप्त नै रहें, हारेँ । म हारेँ । समय, सृष्टि, धर्म, संस्कृति, परम्पराले जिते । वेदले पनि त भनेकै छ – न इति न इति । यत्तिमात्र होइन अरु पनि छ । तैपनि, म एकोहोरे मान्छे, आफ्नो (कृति) पुस्तकलाई प्रतियोगितामा राख्न र आफू विज्ञ भनिनलाई नभई विश्वभरमा मजस्तै जिज्ञासा बोकेर भौँतारिइरहेका जिज्ञासुहरूका लागि मैले पढेर, ठम्याएर, अभ्यास गरेर जानेको सत्य ‘एकमात्र’ यो पुस्तक पाठकसमक्ष राख्ने अठोट गरेको छु प्रस्तुत कृतिको तयारीका क्रममा स्वदेशका/विदेशका विविध धर्म र मान्यताका महामना व्यक्तित्व र महान् विज्ञ विद्वद्वर्गबाट रचित ग्रन्थहरूका साथै देववाणी ठहरिएका ग्रन्थहरूसँग साक्षात्कार गर्ने, सुअवसर प्रदान गर्न वातावरण बनाउने व्यक्तिहरू र इच्छाशक्ति प्रदान गर्ने एकमात्र प्रभुमा आभार प्रकट गर्दछु । यस पुस्तकमा भएका बुद्ध धर्मसम्बन्धी प्रस्तुतिमा भाषागत र विषयगत त्रुटिहरू समेतलाई सच्याई सारगर्भित भूमिका लेखिदिनुहुने श्रद्धेय गुरु प्रा. डा. श्री सुवर्ण शाक्यज्यू (अध्यक्ष- नेपाल बुद्धिजीवि मञ्च) मा सादर नमन गर्दै हार्दिक आभार प्रकट गर्दछु । यसै गरी क्रिस्चियनधर्म सम्बन्धी प्रस्तुतिमा भाषागत र विषयगत त्रुटिहरू समेतलाई सच्याई सारगर्भित भूमिका लेखिदिनुहुने डा. श्री के. बी. रोकायज्यू (अध्यक्ष- नेपाल बुद्धिजीवि मञ्च) मा सादर नमन गर्दै हार्दिक आभार प्रकट गर्दछु । त्यस्तै इस्लाम धर्मसम्बन्धी प्रस्तुतिमा भाषागत र विषयगत त्रुटिहरू समेतलाई सच्याई सारगर्भित भूमिका लेखिदिनुहुने श्री नजरुल हुसैन (अध्यक्ष- नेपाल डेभलप्मेन्ट सोसाइटी) मा सादर नमन गर्दै हार्दिक आभार प्रकट गर्दछ ।

यस पुस्तकमा भएका, सनातन वैदिक हिन्दुधर्ममा देखिएका, भाषागत र विषयगत त्रुटिहरू समेतलाई सच्चाई सारगर्भित भूमिका लेखिदिनु हुने अद्वेय गुरु प्रा. डा. श्री ऋषिराम पोखरेलज्यूमा सादर नमन गर्दै हार्दिक आभार प्रकट गर्दछु ।

यसैगरी यस पुस्तकको संस्कृत भाषा र व्याकरणसमेत हेरी यसलाई गहन पुस्तक बनाई सारगर्भित भूमिका लेखिदिनुहुने श्रद्धेय प्रा. डा. श्री जीवन अधिकारीज्यूमा हार्दिक आभार प्रकट गर्दछु ।

लेख्दा लेख्दै श्री १००८ गौराङ्ग महामुनिदेवको पनि श्रद्धाभक्तिका साथ स्मरण गर्न चाहन्छु । प्रस्तुत कृतिको भूमिका लेखिदिनुका साथै सुरु देखे अन्तिम सम्म शुद्धाशुद्धि हेरी दिनुहुने वरिष्ठ कवि, साहित्यकार, निबंधकार श्री कलानिधि दाहालज्यूमा धन्यवाद व्यक्त गर्दछु ।

यो पुस्तकका लागि सारगर्भित भूमिका, धन्यबाद, टिप्पणी, अभिव्यक्ति र चिन्तनका साथै आशीर्वचन प्रदान गर्नुहुने मेरो श्रद्धेय प्रा। डा. श्री खगेन्द्र प्रसाद लुइटेलज्यू, प्रा. डा. श्री खेम कोइराला बन्धुज्यू, साहित्यकार श्री पुरुषोत्तम सिग्देलज्यू, राजनीतिक विश्लेषक डा। श्री जुगल भुर्तेलज्यू, समालोचक तथा साहित्यकार श्रीयुवराज मैनालीज्यू, वरिष्ठ साहित्यकार तथा शब्दार्थ प्रकाशनकाप्राइटर श्री विनय कुमार शर्मा नेपालज्यू, वरिष्ठ स्वास्थ्य विशेषज्ञ डा। श्री अवनिभूषण उपाध्यायज्यू र पूर्वसभासद तथा उद्योगपति डा। श्री वीर प्रसाद महतोज्यू प्रस्तुत यथार्थमा योग्य नमन हार्दिक धन्यवाद प्रकटु ।

तयारीको अवस्थासम्म ल्याउन मलाई अत्यन्त माया गर्ने मार्गदर्शिका प्रिय पत्नी मीना सिग्देलको अनुपम भूमिका रहेको छ । यस पुस्तकका विविध पाटाहरूमा मैले मेरी नातिनी रिभा थापा र ज्वाईं सुरेश थापाको पनि सहयोग लिएको छु । त्यसै गरी म अमेरिकामा हुँदा मलाई फ्लोरिडा राज्यको प्लान्टसिटी स्थित Hillsborough County Public Library लगी सम्बन्धित किताबको छनोट, अध्ययन प्रक्रिया र “कफी” समेतको व्यवस्था मिलाई ठूला-ठूला विदेशी लेखकहरूका पुस्तकहरू पढ्ने वातावरण बनाइदिन मेरा ज्वाई रोशन पाण्डे धन्यवादका पात्र हुनुहुन्छ ।

यस किताबको तयारीमा हौसलाका साथ आवश्यक भौतिक साधन र समय जुटाइदिने, प्रकाशनार्थ सहयोग गर्ने मीना सिग्देल, छोरीहरू रोशनी सिग्देल, रोजी सिग्देल, रोहिणी सिग्देल साथमा ज्वाई रोशन पाण्डे, पुरुषोत्तम थापा र सुरेश थापाको भूमिका विशेष छ । मेरी नातिनी रिभा थापा, नाति हिमनिश पाण्डे, आयन पाण्डे, नातिनी शिवा थापा र शाम्भीश्रीला थापा सबै प्रशंसाका पात्र छन् ।

प्रत्यक्ष परोक्ष रूपमा पुस्तकको तयारी र प्रकाशनका सम्बन्धमा श्रव्य- दृश्य माध्यमबाट हौसला प्रदान गर्ने, अभिप्रेरित गर्ने एभिन्युज टेलिभिजनका व्यक्ति विषय विशेष कार्यक्रमका सञ्चालक राजेन्द्र बानिया र यसै टेलिभिजनको समाचार वाचिका तथा द मोर्डन स्टार टिभीकी सञ्चालिका हाल नेपाल टे लिभिजनकी प्रस्तोता सन्तोषी अधिकारी, एजुकेशन टेलिभिजनकी सञ्चालिका दुर्गाकिरण तिवारीज्यू, स्टार एफ. एम्. र विश्वघटना साहित्य संसार युट्युबका सञ्चालक राजनप्रसाद न्यौपाने, सरस्वती गौतम, आकाश एफ.एम. का श्रीराम के. सी., साहित्यकार कल्पना दहाल, वरिष्ठ साहित्यकार भाइ दामोदर पुडासैनी ‘किशोर’, सहकर्मी श्री दिवाकरध्वज खड्का, नातिनी ज्योति सिग्देल साथै भाउजु मैना सिग्देल, छोरी रज्जु र ज्वाई अमरेन्द्र बहादुर सिंह, बुहारी धन सिग्देल, नाति शशिभक्त सिग्देल र सहयोगी सुनिता खनाल, विपना तामाङ, जानुका पौडेल (महर्जन), किशोर अधिकारी, रेखा राउत, सोहन बापा, श्रवणकुमार मल्ल ठकुरी र जमुना आले मगर र सरीता स्याङ्तान सहितका भाइबहिनीहरूको सहयोग पनि अविस्मरणीय छ ।

त्यसै गरी यस पुस्तकको आवरण पृष्ठको साजसज्जा उत्कृष्ट ढङ्गले तयार गरिदिनुहुने टाइम्स क्रिएसनका प्रोपराइटर श्री सुन्दर बस्नेत र पुस्तकलाई समयमै प्रकाशित गर्न सहयोग गर्ने न्यू नेपाल प्रेसका प्रोपराइटर श्री विजयमान सिंह तुलाधर, श्री अजयमान सिंह तुलाधर, अन्नपूर्ण तुलाधर र प्रेसका सम्पूर्ण कर्मचारीहरू धन्यवादका पात्र हुनुहुन्छ । पुस्तकको आकर्षक रूपमा लेआउट गर्नु हुने सुरेन्द्रकुमार राजथला भाइलाई विशेष धन्यवाद छ ।

यो सृष्टि छ र त हामी पृथ्वीमा जन्मन पायौं अनि देश, धर्म, जात, वर्ण, लिङ्ग, वर्ग आदिका अनगिन्ती रेखाहरू कोरेर कित्ता छुट्याउन पाएका छौं । आपसमा लड्न र घोचपेच गर्न पाएका छौं । पृथ्वी, अन्तरिक्ष, ग्रह, नक्षत्र र अनगिन्ती अज्ञात कुराहरूको विषयमा पनि खोज र विश्लेषण गर्न पाएका छौं । यो सानु कृति ‘एकमात्र’ लेखिरहंदा विविध रङ्गका रङ्गैरङ्गका फूलहरूलाई गाँसेर एउटा सुन्दर माला उन्न लाग्दा धागोको काम मात्र मैले गर्न लागेको हुँ । रङ्गैरङ्गका फूलहरू त अनन्त आकाश, अन्तरिक्ष, सगरमाथादेखि सागरको पिँधसम्म आफै फुलेकै थिए फुलेका छन् र फुलिरहनेछन् ।

माला गाँस्नेले त फूलहरू छानेर टिपेर गाँस्ने न हो । यहाँ कसैको केही छैन भन्दा भन्दै पनि अल्लाहले कुरान दिए, गडले बाइबल, बुद्धले धम्मपद र त्रिपिटक अनि वेदव्यासले वेद र पुराण दिए । ती दृश्य-अदृश्य शक्ति परमेश्वरको अनुग्रह भयो र त सबले अहिले तत्सम्बन्धमा चर्चा, प्रशंसा, आलोचना गर्न पाइरहेका छन्, गरिरहेका छन् ।

मैले पनि यो ‘एकमात्र’ को मालामा सूत्रको ईश्वर, अल्लाह, वेदव्यास प्रति नमन गर्दै उहाँहरूकै वर, प्रसादस्वरूप प्राप्त निम्नानुसारका विषयहरूमा निम्नलिखित ग्रन्थहरूबाट साभार गरेको छ। यसका निमित्त कृतिकारहरूप्रति म हार्दिक आभारसहित नमन गर्दछ । प्रत्येक विषयमा गहन अध्ययन गरी चुर्लुम्म डुबुल्की लाउन उत्सूक पाठकहरूले तत्सम्बन्धी पुस्तक प्राप्त गरी अध्ययन गर्न सहज नै छ । मैले यसमा मुख्य अंशहरू जसले ‘एकमात्र’ लाई सुन्दर बनाउन मद्दत गर्नेछन्, लाई मात्र छानेर चुनेर साभार गरेको छ । यस पुस्तकको अन्त्यमा प्रस्तुत गरिएका सन्दर्भ-ग्रन्थहरूबाट एक अक्षरदेखि शब्द, हरफ, व्याख्याहरूका साथै आवश्यक स्थानमा नेपालीभाषी पाठकले तथ्य, सत्य बुझून् भन्ने उद्देश्यले साभार गरिएको सत्यलाई पनि म सहर्ष स्वीकार गर्दै छ। सम्बन्धित ग्रन्थहरूका रचयिता र ग्रन्थ, प्रकाशक, संस्था साथै ग्रन्थ प्रकाशन गर्ने, अल्लाह, गड, भगवान् श्रीकृष्ण, वेदव्यास र अन्य धर्मगुरु सन्देष्टा, प्रतिनिधि, ऋषि महर्षि र पात्रहरूमा सतत नमन गर्दै सबैप्रति कृतज्ञता ज्ञापन गर्दछु । सबैप्रति नमस्कार । नमस्कार | नमस्कार यस पुस्तकको ‘पहिलो खण्ड मा बुद्धधर्म र बुद्धका सम्बन्धमा कुरा गर्दा सन्दर्भ-ग्रन्थमा उल्लिखित बुद्ध र बुद्धधर्मका सम्बन्धमा पुस्तकहरूका साथै खास गरी निम्नलिखित ग्रन्थहरूबाट विषयवस्तु साभार ग्रहण गरिएको छ-

(१) विपश्य साधकों के कल्याणार्थ,

त्रिपिटक में सम्यक् बुद्ध (भाग- १, २, ३, ४, ५ र ६), आचार्य श्री सत्यनारायण गोयन्काजी, इगतपुरी: विपश्यना विशोधन विन्यास।

) आचार्य शुद्धघोषकृत विशुद्विमार्ग, भिक्षु सम्यक् सम्बोधि प्राणपुत्र (अनुवादक), कौण्डन्य संघराम (संपादक) १

३) बौद्ध दर्पण, धर्मकीर्ति विहार प्रकाश बज्रचार्य। समान ग्री ‘दोस्रो खण्डमा क्रिश्चियनधर्म, ईश्वर वा जीसका

सम्बन्धमा विविध पुस्तकालय, साइनबोर्ड र सन्दर्भग्रन्थमा उल्लिखित सबै पुस्तकहरूका साथै नेपालीभाषीका लागि सरल भाषामा लेखिएको पवित्र बाइबल, (नेपाल बाइबल सोसाइटी, काठमाडौं, नेपालबाट प्रकाशित) बाट साभार गरिएको छ ।

त्यसै गरी ‘तेस्रो खण्ड’ मा इस्लामधर्मका विषयमा पनि सन्दर्भग्रन्थमा समाविष्ट सबै पुस्तकहरूबाट केही अंश लिइएको छ । नेपाली भाषामा सबैले बुझून् भन्ने उद्देश्यले मूलतः कुरआन मजीद, (अनुवादक तथा सक्षिप्त व्याख्याकर्ता- मौलाना अलीउद्दीन अन्सारी फलाही, इस्लामी संघ, नेपालबाट प्रकाशित) बाट साभार गरिएको छ । त्यसै गरी ‘चौथो खण्ड’ मा सनातन वैदिक हिन्दुधर्म र देवीदेवताका

सम्बन्धमा पनि सन्दर्भग्रन्थसूचीमा रहेका ग्रन्थबाट मुख्य कुराहरू ग्रहण गर्नुका

साथै वेदहरूका सम्बन्धमा महर्षि वेदव्यासरचित तिलकप्रसाद लुइटेलद्वारा

नेपाली भाषामा अनूदित ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदबाट आवश्यक विषय साभार ग्रहण गरिएको छ। तिलकप्रसादको अनुवाद नेपाली भाषामा भएकाले साधारण जिज्ञासु सबै नेपालीले बुझ्न सक्ने सदाशयले त्यसको ग्रहण गरिएको हो। त्यसै गरी गद्यमहाभारत (खण्ड- १, २ र ३) श्रद्धेय गुरु वसन्तकुमार शर्मा नेपालबाट अनुवाद गरिएका खण्डहरूबाट केही अंश साभार गरिएको छ ।

श्री विष्णुपुराण (नेपाली कथामात्र नारायण शर्माबाट अनुवाद गरिएको पुस्तकबाट पनि केही अंश साभार गरिएको छ । ऋग्वेदका केही अंश दयानन्द सरस्वती र वेदमूर्ति पं. श्रीराम शर्मा आचार्य (हरिद्वार) का साथै वेदस्वध्याय (डा. स्वामी देवव्रत सरस्वती) का अनुवादहरूबाट पनि साभार ग्रहण गरिएको

छ ।

त्यसैगरी श्रीमद्देवीभागवतको विद्यावारिधि पण्डित ज्वालाप्रसादजी मिश्रबाट गरिएको हिन्दी टीका र श्रीमद्वाल्मीकीयरामायण (हिन्दी अनुवाद सहित, गीताप्रेस गोरखपुर) बाट समेत सामग्री लिइएका छन् उपनिषद्-अङ्क (गीताप्रेस गोरखपुर, श्री महर्षिवेदव्यासप्रणीत वेदान्तदर्शन (ब्रह्मसूत्र) (परम शान्तिका मार्ग, गीताप्रेस गोरखपुर को हिन्दी अनुवादबाट पनि नेपालीमा अनुवाद गरी साभार गरेको छ । ब्रह्मानन्द साथै कल्याणका विभिन्न पुराण, उपनिषद्का विशेषाइहरूबाट पनि साभार, अनुवाद गरेको छु ।

अन्त्यमा, एउटा माला गाँस्नलाई मालीले छानी छानी फलहरू टिपे ॐ मैले विविध धर्म र शास्त्रका लेखकहरूका पुस्तक र तिनका अनुवादबाट विषयवस्तु साभार गरी समाप्तिमा निष्कर्षलाई मेरो अन्तरात्माको आवाजका रूपमा यो एकमात्र अनुसन्धानात्मक कृति यहांहरूका सामु पस्किन सकेको हूँ। म सबै धर्म र देवदेवीका साथै लेखक, अनुवादकहरूप्रति पुनः एकपटक हार्दिक आभार प्रकट गर्दछु ।

पुस्तक लेखनको लक्ष्यलाई निम्नलिखित पद्यकविताले प्रस्ट्याउन प्रयत्न गर्ने विश्वास लिएको छु ।

एक मात्र

उनीबाटै हवा बग्छ तर छैनन् उनी त्यता

जल कछ उनैबाट तर छैनन् उनी त्यता

आगो बल्छ उनैबाट तर छैनन् उनी त्यता

न देखी देखिने जम्मै उनी नै छन् जतातता ॥

आकाश उनको सप्पै तर देखिन्छ के तन

उनी नै छन् धरा सारा चलेका मन गुन्गुन

उनकै दिलको सूर्य चन्द्र शीतल शीतल

न देखी देखिने जम्मै तारा यी ग्रह मण्डल ||

उनबाटै भएका हुन् ब्रह्माण्डमा भए जति

प्राणी जङ्गमका जाल छन्, स्थावर यता कति ?

उनीबाटै सबै निस्के तर छैनन् उनी कतै

छैनन्कै भेषमा छन् यी ब्रह्माण्डमा जताततै ॥

निराकार र निर्वाध निश्चिन्त र निरन्तर
भई नहुनुको यौटा रहस्य अति सुन्दर
छन् नाम, लिङग जो वर्ण, गुण, कार्य र आकृति
विनास्वरूपको आस्था उनी नै छन् भए जति ॥

उपस्थिति भलो गर्ने अनुपस्थितिमै पनि
सिद्धि, मुक्ति यता मुक्ति भलाईमा उनी उनी
सिमाना यी सबै नाघी चिदमा जो पुग्न सक्तछ
नहोस् नास्तिक नै के ऊ ऊ नै ब्रह्माण्ड हॉक्दछ |

बाटा फरक हुन्, नाम भिन्न भिन्न भए पनि
व्यवहार रीति सादा छिन्नभिन्न रहे पनि
सङ्कीर्णका सबै तार जो दुदाएर उठ्दछ गन्तव्य एक हो यौटा ऊ यौटैसंग जुट्दछ ।

‘एकमात्र’ पुस्तक २०७६ साल फागुन २६ गते वा २०७७ साल वैशाख १ गते विमोचन गर्ने तय भएको थियो तर कोभिङ-१९ को महामारीबाट विश्वव्यापी रूपमा भएको मानवीय क्षति र यसको आतङ्कका कारण परिस्थिति प्रतिकूल भएकाले प्रकाशनमा नै विलम्ब हुनगयो। यसका लागि पनि म सबै पाठकसंग क्षमा याचना गर्दछु । यस पुस्तकले मेरे जस्ता जिज्ञासा मनमा उठिरहने र समाधान नमिलिरहने अवस्थाका पाठकलाई धर्मका बारेम बोध गर्न किञ्चित् सघायो भने पनि मेरो प्रयास सार्थक हुने विश्वास लिई सबैमा पुनः धन्यवाद अर्पण गर्दछ । शुभारम्भ हरिभक्त सिग्देल ”महेश”को एक मात्र पुस्तकवाट साभार

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend