बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

प्रणामी सहकारीको १५% लाभांश पारित; संचालक समितिको निर्वाचन सम्पन्न

प्रणामी सहकारीको १५% लाभांश पारित; संचालक समितिको निर्वाचन सम्पन्न

काठमाडौं, सबल बहालस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो चौधौं वार्षिक साधारणसभाबाट सदस्यहरुलाई १५% लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। संस्थाले आर्थिक वर्ष २०७९/०८० को शेयर लाभांश कोषबाट सदस्य हरुलाई उक्त लाभांश प्रदान गरेको हो।

संस्थाका अध्यक्ष देविन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा यही कार्तिक १७ गते शुक्रबार सम्पन्न साधारणसभामा राष्ट्रिय सहकारी बैंकका लगनखेल शाखा प्रमुख केदारनाथ उप्रेती , न्यूरोड शाखा प्रमुख रमा घिमिरे लगायतको उपस्थिति रहेको थियो।

साधारणसभाले आगामी चार वर्षको कार्यकालको लागि पुनः दविन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको निर्वाचन सर्वसम्मत रूपमा सम्पन्न गरेको छ। नयाँ संचालक समितिको उपाध्यक्षमा निरन्जन कृष्ण श्रेष्ठ , सचिव मा बिनोद बस्नेत, कोषाध्यक्षमा कृष्ण कुमार अग्रवाल र सदस्यहरुमा रेणुकुमारी अग्रवाल चयन भएका छन् ।

त्यससँगै , लेखासुपरीक्षण समितिको संयोजकमा रामकृष्ण घिमिरे र सदस्यहरुमा सुधार श्रेष्ठ र अनुज सापकोटा निर्वाचित भएका छन् ।

समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।

सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।

यस आ.व. मा संस्थाको शेयर पूँजी रु.२,८३,२००।- ले वृद्धि भएर रु. २,३२,५३,३००/- पुगेकोछ । संस्थाको सदस्यहरुलाई शेयर वितरण गरि शेयर पूँजीलाई प्रत्येक बर्ष बृद्धि गर्दै लग्ने संस्थाले जनाएको छ ।

त्यस्तै , यस बर्षको ब्यवस्था समेत गरि संस्थाको जगेडा कोष रु. ३,७६, २६, २५ २|०६ पुगेको छ ।

समिक्षा आर्थिक वर्षमा चालु निक्षेप दायित्व र मुद्धति निक्षेप दायित्व गरि जम्मा निक्षेप दायित्व रु.३,८५,४१,१५५.८५ ले कमी भई रु. ४७,५५,१४,१४७.९६ पुगेको छ भने संस्थाले सदस्यहरुलाई लगानी गरेको ऋण रकम गत आ.व. भन्दा रु.४,४६,०१,७७४.६८ ले वृद्धि भई यस आ.व.मा जम्मा ऋण लगानीमा रहेको रकम रु.४९,६५,८७,६३७.९६ पुगेको छ ।

संस्थाले यस आर्थिक बर्षमा ऋणबाट ब्याज, बैकबाट ब्याज तथा सदस्यहरुबाट प्रवेश शुल्क, ऋण लगानी गर्दा कागजात शुल्क, विप्रेषण आम्दानी र अन्य आम्दानी गरेर जम्मा रु.८,९०,५८,६६३.८६ आम्दानी गरेको छ । आम्दानीमा गत बर्षको भन्दा रु.७१,२४,८५०.०० ले वृद्धि भएको छ ।

यस आर्थिक वर्षमा संस्थाले रु.८,९०,५८,६६३.८६ आम्दानीबाट रु. ७,६८,८८,४१७.३५ खर्च गरि बाँकी रहेको सञ्चालन मुनाफा रु.१,२१,७०,२४६.५१ बाट आयकर रु.१५,६९,१२४.०० ब्यवस्था गरि बाँकी खुद मुनाफा रकम रु.१,०६,०१,१२२.५१ आर्जन गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend