१६ कार्तिक ,काठमाडौं । वरिष्ठ कलाकार सुषमा राजभण्डारी को १९औँ एकल चित्रकला तथा ‘ख्याति प्राप्त कलाकारहरू’ द्वारा तयार पारिएका मुहार चित्र प्रर्दशनी सुरु भएको छ । यही कार्तिक १४गते मंगलबार पूर्व प्रधानमन्त्री के.पी.शर्मा ओलीले नेपाल आर्ट काउन्सिल बबरमहलमा उक्त प्रर्दशनीको समुद्घाटन गरेका हुन् ।

समुद्घाटन कार्यक्रममा प्रतिनिधि सभाका सदस्यहरु, पूर्व मन्त्रीहरु कृष्णगोपाल श्रेष्ठ तथा रघुजी पंत, विभिन्न देशका राजदुतहरु, नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष प्रेमनाथ अधिकारी, पूर्व कुलपतिहरु किरण मानन्धर तथा के.के.कर्माचार्य, नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सुरेन्द्रवीर मालाकार, अभियान कर्ताहरु सुमन सायमी तथा विद्या श्रेष्ठ, उद्योगपतिहरु, समाजसेवी, व्यापारी,वरिष्ठ कलाकारहरु,तथा कलाकारहरु,वरिष्ठ साहित्यकारहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कलाकार सुषमा राजभण्डारीको १९औं एकल चित्रकला “MY Journey” नामक शिर्षकमा करिब तीन दर्जक कलाकृतिहरु सजिएका छन् । चार दशकदेखि निरन्तर कलाक्षेत्रमा क्रियाशिल रहेकी कलाकार सुषमा राजभण्डारीले देश तथा विदेशमा आफ्नो चित्रकला मार्फत एकल, सामुहिक, सेमिनार, गोष्ठी तथा कार्यशालामा सहभागी भएर ख्याति कमाई सकेकी छिन् । साथै संघसंस्थाहरु बाट विभिन्न पदक तथा पुरस्कार समेत प्राप्त गरेकी छिन् ।

त्यस्तै, पूर्व प्रधानमन्त्री के.पी.शर्मा ओलीको मुहार चित्र २१ जना ख्याति प्राप्त कलाकारहरु के.के कर्माचार्य,विजय थापा,चन्दा श्रेष्ठ, जीवन राजोपाध्याय, रत्नकाजी शाक्य,गजेन्द्रमान श्रेष्ठ,सुषमा राजभण्डारी, एन.बी.गुरुङ्ग,उमेश श्रेष्ठ,कृष्णप्रकाश शाह, भिम श्रेष्ठ, पृथ्वी श्रेष्ठ,दिपेन्द्र बनेपाली,अजय देसार,आशुराम खैजू, विनोद गुप्ता, मदन श्रेष्ठ, बालकिशोर चौधरी, राजेश महर्जन, सितु मास्के, सूर्य दोडराजले बनाएर प्रर्दशनीमा सजिएका छन् । प्रर्दशनी अगामी १८ कार्तिक २०८० सम्म रहने छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend