१६ कार्तिक , काठमाडौं । प्रतिनिधि सभाका सदस्य एल.पी. सावाँले न्यूरोडमा नयाँ संचालनमा आएको “नेपाली जुत्ता घर” को उद्घाटन गरेका छन् । न्यूरोडस्थित न्यूरोड मलबाट संचालनमा आएको जुत्ता घरको औपचारिक कार्यक्रमका बीच शुभारम्भ गर्दै नेपाल उद्योग तथा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका सांसद सावाँले देशलाई जुत्ता ,चप्पलजन्य उत्पादनमा आत्मनिर्भर बनाउन सक्नु यस क्षेत्रका उद्योगी , व्यवसायीको ठुलो उपलब्धि भएको उल्लेख गरे।

नेपाली उद्योगी , व्यवसायीहरुले अहिले पनि श्रम, कच्चा पदार्थ , बजार , निर्यात लगायतमा विभिन्न समस्याहरु झेल्नुपर्ने अवस्था रहेकोेले सरकार र राजनीतिक पार्टीहरु पनि यसप्रति संवेदनशील हुनुपर्ने सांसद सावाँले जोड दिएका छन् ।
“नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान ” भन्ने उद्देश्यबाट संचालित नेपाली जुत्ताघर, न्युरोडमा विभिन्न आठ वटा नेपाली जुत्ता उत्पादक कम्पनीहरुका उत्पादनहरु उपलब्ध छन् ।

उद्घाटन कार्यक्रमका सभापति तथा नेपाल उद्योग तथा व्यवसायी महासंघका उपत्यका प्रदेश अध्यक्ष कृष्णकुमार फुयाँलले नेपाली जुत्ता , चप्पलका उत्पादनहरु गुणस्तर , मूल्य , प्रविधि र डिजाइनमा अन्तर्राष्ट्रिय उत्पादनसङ्ग प्रतिस्पर्धा गर्न सक्षम रहेको बताएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend