सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपालले टस जित्यो, पहिले बलिङ गर्ने

नेपालले टस जित्यो, पहिले बलिङ गर्ने

काठमाडौं, कात्तिक १६ गते । नेपालले आइसिसी टी-२० विश्वकप एसिया फाइनल छनोटमा ओमानविरुद्ध पहिले बलिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमाआइसिसी टि – २० विश्वकप एसिया फाइनल छनोटको तेस्रो खेलमा टस जितेर नेपालले बलिङ रोजेको हो। खेल आज बिहान ९ बजे सुरु हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

समूहगत चरणको अन्तिम खेल अगाडि नै समूह ‘ए’बाट नेपाल र ओमान सेमिफाइनलमा पुगेका छन्। आजको खेलबाट समूह विजेता बन्ने लक्ष्य रहेको छ। छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो।ओमानले पनि पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले पराजित गरेको थियो।

कीर्तिपुर र मूलपानी मैदानमा हुने प्रतियोगिताको समूह ‘ए’मा नेपाल, ओमान, सिंगापुर र मलेसिया छन्। यस्तै समूह ‘बी’मा हङकङ, यूएई, बहराइन र कुवेत छन्।

समूह एका विजेताले समूह बी को उपविजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend