सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भ्रष्टाचार नियन्त्रण नगरेसम्म नेपालमा समृद्धि नआउने प्रवक्ता श्रेष्ठको दावी

भ्रष्टाचार नियन्त्रण नगरेसम्म नेपालमा समृद्धि नआउने प्रवक्ता श्रेष्ठको दावी

विराटनगर । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले देशमा मौलाउदै गएको भष्टचार नियन्त्रण नगरे सम्म नेपालमा समृद्धि नआउने दावी गरेका छन् । मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले यस्तो कुरा बताएका हुन । देशमा बढदै गएको भष्टचार बिरुद्घ आन्दोलन गर्नु पर्ने अवस्था आएको बताए । राजनीतिक पार्टीहरुमा, समाजमा व्याप्त चरम भष्ट्रचारकोबिरुद्ध आन्दोलन नछेडेसम्म कुनै पनि समृद्धि नआउने उनको भनाई छ ।

नेता श्रेष्ठले सुशासन कायम नभएसम्म विकास र परिवर्तन सम्भव नभएको समेत बताए । विकास र परिवर्तन नभएसम्म जनतामा निराशा बढ्ने भन्दै नेता श्रेष्ठले यस्तो नैराश्यताले दक्षिणपन्थी शक्तिहरुको चलखेल बढ्ने र मुलुक विखण्डनको समेत डर हुने बताए । मुलुकमा अब राजनीति सफा गर्ने आन्दोलन आवश्यक रहेको पनि उनको भनाइ छ । हिजोको दिनमा निरकुंशतन्त्रको विरुद्ध ठुलो राजनीतिक सघर्ष भएको बताउदै उनले अव राजनितिलाई पनि सफा गर्नु पर्नेमा जोड दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend