वैदेशिक रोजगारका क्षेत्रमा देखिएका बिभिन्न सिन्डिकेट बिरुद्घ बिरोध गर्दै आएको नेपाल मेडिकल व्यवसायी संघले राजधानीको महाराजगञ्ज नारायणगोपाल चोक नजिकै एक विल्डिङ मा कतारको भीषा सेन्टर बनाउने अबैधानीक रुपमा काम भइरहेको भन्दै अम्भिर आपत्ती जनाएको छ । संघका अध्यक्ष सीताराम रेग्मी र महासचिव जय गुरुङले जारी गरेको बिज्ञप्तिमा कतार जाने नेपाली कामदारहरुको स्वास्थ्य परिक्षण र अन्य भीषा सम्बन्धी कार्यहरु हुन लागेको भन्दै त्यो काम गैह्रकानूनी भएको भनी उल्लेख गरिएको छ ।

व्यवसायी संघका अध्यक्ष सीताराम रेग्मीले कतार जाने नेपाली कामदारहरुको स्वास्थ्य परिक्षण र अन्य भीषा सम्बन्धी कार्य गर्नको लागि नेपाल सरकारका सम्बन्धी निकायबाट स्वीकृत लिएको हुनुपर्ने साथै कतार देशले स्वास्थ्य परीक्षण गर्नको लागि वैदेशिक रोजगार ऐन २०६४ को दफा ७२ को प्राबधान परिवर्तन आवश्यक रहेको बताउदै उक्त प्राबधान परिवर्तन गर्न आवश्यक रहेको उनको भनाई छ ।
यस्तै बिभिन्न सिन्डिकेटको जालोले घेरदै जाने हो भने नेपाली नागरीकको पेशा व्यवसाय गर्न पाउने हकबाट वन्चित हुन पर्ने अध्यक्ष रेग्मीको दावी छ । यस्तै विज्ञप्तिमा उल्लेख गरिए अनुसार सिन्डिकेड गै्रह कानूनी हो र फ्रिको नाममा राज्यको नियम उल्लघन नपाईने भन्दै यो विषयमा राज्यका सम्बन्धिन निकाय मौन बस्न नहुने कुरा बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend