सरकारले घरमै बसेर अनलाईन सिष्टमबाट सेवाग्राहीलाई सेवा दिने बताउदै आएको छ। सरकारी बिभिन्न कार्यालयमा बिल तिर्ने देखी अन्य सुबिधा पनि दिईरहेको बताईरहेको छ । तर आमजनताले भने त्यति राम्रो सेवा पाउन सकेका छैन्न् । बरु उल्टो अनलाईनका नाममा सास्ती भोग्नु परेको अवस्था छ । यस्तै यातायात विभागको अनलाइन लाइसेन्स आवेदन भर्न भनेर आहवान गरे पनि अनलाईन सिष्टम नखुले पछि सेवाग्राहीले आबेदन भर्न सकेका छैन्न् ।
यती मात्रै होईन, अनलाइन सवारी दर्ता तथा नामसारी सवारी कर चोक गर्नेलगायतका अन्य विषयमा जानकारी लिनुपरे कुनै पनि विषयका साइट खुल्दैनन् । यातायात व्यवस्था विभागकै लापरबाहीका कारण अनलाइन लाइसेन्स आवेदन अन्योलमा परेको छ । विभागले साइटको क्षमता नबढाई अनलाइन लाइसेन्स आवेदन खुला गरेकाले चार दिनदेखि सेवाग्राहीले लाइसेन्स आवेदन दिन पाएका छैनन् । एक महिना बन्द भएको लाइसेन्स आवेदन शुक्रबारदेखि खुलेको थियो । विभाग भने एकै चोटी धेरै मानिसले साइट लागइन गरेका कारण समस्या आएको बताइरहेको छ । आवेदन रोकिएको चार दिन बितिसक्दा पनि विभागले समस्याको समाधान निकाल्न सकेको छैन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend