सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आफना कार्यकर्ता माथि भएको दमन रोक्न सरकारलाई प्रकाण्डको चेतावनी

आफना कार्यकर्ता माथि भएको दमन रोक्न सरकारलाई प्रकाण्डको चेतावनी

काठमाडौं । विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले आफूहरुलाई आतंककारीको पुष्टी गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् । राजधानीको भृकुटीमण्डमा आफनै पार्टीले गरेको जनसभालाई सम्बोधन उनले यस्तो कुरा बताएका हुन् । सरकारको कार्यशैली प्रति असन्तुष्ट जनाउदै प्रकाण्डले बर्तमान सरकार दलाल पुँजीवादी को संरक्षण गरेको दावी गरे ।

सरकारले आफना कार्यकर्ता माथि दमन हुदै आएको भन्दै त्यस्तो कार्य रोक्न चेतावनी दिए ।  मुलुकको राष्ट्रिय संकटको मुल कारक नै वर्तमान सरकार भएको भन्दै उनले निर्णायक क्रान्तिमा सहभागी हुन आव्हान गरे । वर्तमान संकटको समाधान भनेको वैज्ञानिक र एकिकृत जनक्रान्ति र समाजवादको स्थापना भएकाले आफुहरुको आन्दोलनमा सहभागी हुन पनि उनले सबैलाई आव्हान गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend