कपिलवस्तु । गत मंसिरमा सम्पन्न प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका दीपेन्द्रकुमार चौधरीको गोली हानी हत्या भएको छ । शुक्रबार राति तीन जनाको समूहले शुद्धोधन गाउँपालिका वडा नं. –४, मोतीभारीका राजाबाबु भनिने स्थानीय युवा नेता ३० वर्षीय चौधरीको गोली हानी हत्या गरेको हो ।
टाउँकोमा गोली लागेका चौधरीको तत्काल लबनी स्वाथ्य चौकीमा उपचार गर्न लगिएको थियो । तर, त्यहाँ उपचार हुन नसकेपछि मेडिकल कलेज र्पुयाउँदा मृत्यु भएको प्रहरीको भनाई छ । मृतक चौधरी गएको प्रदेशसभा चुनावमा कपिलवस्तु निर्वाचन नं. १ ख बाट प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार बनेका थिए ।सो घटनामा संलगन भएकामध्ये २ जनालाई प्रहरीले नियन्त्रण लिएको छ । गोली हान्ने व्यक्तिको पहिचान भइसकेको र थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक रवि रावलले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend