सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मन्त्री बिष्टको अर्को कडा कदम, ठगहरुको लिस्ट मन्त्रालयमा पठाउन बिभागलाई निर्देशन

मन्त्री बिष्टको अर्को कडा कदम, ठगहरुको लिस्ट मन्त्रालयमा पठाउन बिभागलाई निर्देशन

काठमाडौं । वैदेशिक रोजगार बिभाग बढी बिबादित कार्यालय अन्तरगत पर्छ । कहिले घँुस काण्ड त कहिले वैदेशिक रोजगारीमा ठगीएका यूवाहरुलाई न्याय दिनुको सटटा झन पिडा दिने गरेको भनेर पनि बारम्बार गुनासो आउने गर्छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुद्घिरणको कदम चलाए पनि तल्लो निकायको पुरानै गतिले जनअपेक्षा अनुसार काम हुन नसकेको आरोप वैदेशिक रोजगार बिभागलाई लाग्दै आएको छ ।

यसैको जनगुनासो बढी रहेको वेला श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बिभागको कामको गतिबिधि बारे स्थलगत निरिक्षण गरेका छन् । श्रम मन्त्री बिष्टले वैदेशिक रोजगारीमा ठगीएका व्यक्रि र आफन्त संगको भेटमा ठग गर्नेहरुलाई तत्काल कारबाही गरी पिडितलाई न्याय दिन आफु प्रतिबद्घ रहेको बताए । मन्त्री विष्टले कार्यालयका सबै कार्यकक्षहरुको अवलोकन गर्न विभागमा पुगेका थिए । मन्त्री बिष्टले सम्बन्धित पीडितको फाइल आफूसमक्ष ल्याउन निर्देशन दिए ।

श्रम सचिव महेश दाहालले पनि उनको उजुरीलाई तत्काल दर्ता गरेर कारवाही अघि बढाउन निर्देशन दिए ।मन्त्री बिष्टले अनुगमनका क्रममा विभागका कर्मचारीलाई परादर्शी ढंगले काम गर्न निर्देशन दिदै यहाँका विकृती अन्त्य गर्न बिभागका कार्यालय प्रमुखलाई निर्देशन दिए । मिलापत्रका नाममा लाखौं ठगिएका व्यक्तिहरुलाई हजार क्षतिपूर्ति दिलाएर दोषीलाई उन्मुक्ति दिने गरेको भन्दै कर्मचारी प्रति असन्तुष्टी पोखे ।

उनले विभागमा फर्छ्योट हुन बाँकी रहेका सबै उजुरीहरुलाई तत्काल टुंगोमा र्पुयाउन पनि निर्देशन दिए । उजुरीहरुको सुनुवाई तत्कालै गर्न र व्यक्तिगत ठगीका हकमा विवरण तयार गरेर गृह मन्त्रालयमार्फत समन्वय गरी पक्राउको अभियान चलाउन आवश्यक देखिएको उनले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend