नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अव छलाङ मार्ने बताएका छन् । प्रेस सेन्टर र प्रेस चौतारी म्याग्दीले बेनीमा संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले सरकारको काम र पार्टी एकताको गति अब बढ्ने बताए । ‘
प्रदेश, जिल्ला र स्थानीय तहसम्मकै एकताको काम सम्पन्न गर्ने गरी गृहकार्य भइरहेको बताए । मुलुकलाई राजनीतिक स्थायित्वमार्फत विकास र समृद्धि दिन दुई ठूला कम्युनिस्ट पार्टी एक भएको चर्चा गर्दै प्रचण्डले सरकार जनअपेक्षाअनुसार अघि बढ्ने दाबी गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता प्रचण्डले जनताको पक्षमा काम गर्न अनुकूल वातावरण बन्दै गएको बताए । ‘बर्खा र चाडपर्वको समय सकिएको छ, प्रधानमन्त्रीज्यूले पनि मन्त्रालयहरूको प्रगतिबारे अनुगमन थालेको समेत बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend