मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

संसदमा सभापति देउवाको भूमिका कमजोरः पौडेल

संसदमा सभापति देउवाको भूमिका कमजोरः पौडेल

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफनै पार्टीकी नेतृ सुजाता कोइरालाको निवासमा खाना खाँदैमा देउवा पक्ष आतिनु समय सान्दर्भिक नभएको बताएका छन् । उनले खाना खान बोलाएर खान जाँदैमा कोही आत्तिन पर्ने कारण नभएको उनको भनाई छ । नेता पौडेलले देउवा पक्षप्रति संकेत गर्दै भने, ‘सामान्य ‘हाई हेल्लो’ मात्रै हो ।’प्रेस युनियन चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले पार्टी संसदमा कमजोर बनेको टिप्पणी गरे ।
संसदमा सभापति शेरबहादुर देउवाले शशक्त विपक्षी दलको भूमिका खेल्न नसकेको नेता पौडेलको दावी छ । आफूलाई पदको भन्दा पनि पार्टीप्रति बढी चिन्ता भएको नेता पौडेलको भनाइ छ । नेता पौडेलले अगाडि थपे, ‘पार्टी निर्वाचनमा के कारणले र्हायो, अब यसलाई कसरी उठाएर लैजाने, पार्टीलाई सुधार्ने तिर मेरो चिन्ता छ, पदमा को बस्ने भन्ने चिन्ता छैन ।उपसभापति पदमा विजयकुमार गच्छदारलाई ल्याउने विषयमा खासै विवाद नभएको उनको भनाइ छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend